Comments Add Comment

आर्मी एकदिवसीय राष्ट्रिय क्रिकेटको च्याम्पियन

Nepal-Army-Champion१० चैत, काठमाडौं । त्रिभवन आर्मी क्लब राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल भिडन्तमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई ५ विकेटले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।

आर्मीले २ लाख नगद र ट्रफी हात पारेको छ । एपीएफले भने १ लाख २५ हजारमा चित्त बुझाएको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ४५ ओभरमा ९ विकेट गुमाएर १६४ रन बनायो । बसन्त रेग्मीले सर्बाधिक अविजित ३७ रन योगदान दिए ।

आर्मीका जितेन्द्र मुखियाले ३ तथा अविनाश कर्ण र सागर पुनले समान २-२ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको आर्मीले नरेश बुढाऐरको अर्धशतक मद्दतमा ४०.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेटायो ।

उसका लागि नरेशले अविजित ५३ रन बनाए भने कप्तान विनोद भण्डारीले ४८ रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment