Comments Add Comment

जब रक्सी धोकेर बाख्राका बथान झुम्न थाले…..

gootजँड्याहा मानिसहरु रक्सी खाएर मात्तिएको र होहल्ला गरेको त देखे सुनेकै कुरा हो । बाख्राले रक्सी पिएर हंगामा गरेको भने सुन्न पाइएको थिएन, अहिलेसम्म । तर छिमेकी मुलुक भारतका एक बथान बाख्राले अहिलेसम्म नसुनेको यो कुरालाई यथार्थमा परिणत गरिदिए ।

भारतको अहमदावादस्थित मेहसाणा जिल्लाका एक हुल बाख्रा हालै रक्सीको नशामा झूम भए । घटना जिल्लाको खेरालू सहरमा भएको हो । प्रहरीले छापा मारेर जफत गरेको रक्सी नष्ट गर्ने क्रममा यो घटना भएको रहेछ । प्रहरीले जफत गरेको अवैध मदिरा खुल्ला मैदानमा जम्मा पारेर नष्ट गरेको रहेछ । पोखिएको रक्सी जमिनका खाल्डाखुल्डीमा जम्मा भयो । चौरमा चर्न गएका बाख्राहरुले त्यो रक्सीको स्वाद निकै मन पराए र तनतनी ताने ।

यसरी तिर्खा मेटाउने गरी रक्सी खाने बार्खाहरु मध्ये अधिकांस बाख्रा स्थानीय रमेश पाटनी नामका किसानका परे । धेरै रक्सी पिएपछि बाख्राहरु बेहोस समेत भए । बेहोन नभएका बाख्राहरुले रक्सी खाएर मात्तिएको मान्छे झैँ वितण्डा गर्न थाले ।

रक्सीको नशाले झूम भएर बाख्राले वितण्डा गर्न थालेपछि र केही बाख्रा बेहोस समेत भएप्छि किसान रमेश पाटनीले सबै बाख्रालाई घरमा ल्याएर बाँधे । १२-१४ घण्टापछि मात्र बाख्राहरुको होस खुल्यो । रक्सीले मात्तिएका बाख्रामा रक्सीको प्रभाव कम गर्न र होसमा ल्याउनका लागि उनले दुध तथा दही समेत खुवाएका थिए ।

उक्त घटनापछि स्थानीय किसानहरुले प्रहरीको आलोचना गरेका छन् । खूरालुका सरकारी अधिकारीले समेत मदिरा नष्ट गर्ने क्रममा प्रहरीले लापरवाही गरेको आरोप लगाए । श्रोत-इण्डिया टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment