Comments Add Comment

सात महिनामा सवा एक खर्ब कर्जा प्रवाह

११ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी बढ्दो छ । चालू आर्थिक वर्ष २०७१/७२ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ ऋण प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

Nepali-Rupaiyaगत वर्षको यसै अवधिमा ९१ अर्ब ३५ करोड रुपैयाँ ऋण प्रवाह गरेका थिए । गत वर्षको सात महिनाको तुलनामा यो वर्षको सात महिनामा बैंकहरुले साढे ३५ अर्ब रुपैयाँले अर्थात ९.५ प्रतिशतले बढी हो ।

यस अवधिमा वाणिज्य बैंकहरुको मात्रै कूल कर्जा प्रवाह साढे १० खर्ब रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार यो माघमा वाणिज्य बैंकहरुको ऋण लगानी ११.३ प्रतिशतले र फाइनान्स कम्पनीहरुको ऋण लगानी ४.२ प्रतिशतले बढेको छ ।

विकास बैंकहरुको कर्जा लगानी भने ०.५ प्रतिशतले घटेकोे राष्ट्र बैंकले जनाएको छ । धेरै विकास बैंकहरु मजए भएकाले विकास बैंकको कर्जा लगानी घटेको देखिएको हो ।

यस्तो छ निजी क्षेत्रतर्फको कर्जा विस्तार

चालू आवको माघसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.५ प्रतिशत अर्थात १ खर्ब १६ अर्ब ९० करोड रुपैयाँले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ९.४ प्रतिशत अर्थात. ८८ अर्ब ७६ करोड रुपैयाँले बढेको थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको १२.४ प्रतिशत, विकास बैंकको २.५ प्रतिशत र वित्त कम्पनीहरुको ४.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वाषिर्क विन्दुगत आधारमा २०७१ म्ााघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १९.८ प्रतिशतले बढेको छ ।

क्षेत्रगत कर्जाको अवस्था

माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन
क्षेत्रतर्फको कर्जा ३२ अर्ब ७० करोड रुपैयाँ अर्थात १४.७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा उक्त क्षेत्रतर्फको कर्जा २५ अर्ब ६५ करोड रुपैयाँ अर्थात १३.५प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ३५ अर्ब २ करोड रुपैयाँ अर्थात १४.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २० अर्ब ६ करोड रुपैयाँ अर्थात १६.८ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६ अर्ब ६९करोड रुपैयाँ अर्थात १४.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, गत वर्षको सोही अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ४ अर्ब रुपैयाँ अर्थात १०.१ प्रतिशतले बढेको कृषि कर्जा समीक्षा अवधिमा ७ अर्ब ५० करोड रुपैयाँ अर्था १४.७ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment