Comments Add Comment

कोमल ओलीले नचाइन् अस्ट्रेलियन नेताहरुलाई (भिडियो सहित)

komal-oliडार्विन, अस्ट्रेलिया । सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलियामा रहेकी गायिका कोमल ओलीले अस्ट्रेलियन नेताहरूलार्इ नचाएकी छन् ।

उत्तरी शहर डार्विनमा नयाँबर्षको अवसरमा सञ्चालन गरिएको बिशेष साँस्कृतिक कार्यक्रममा नर्दन टेरिटोरिका प्रतिपक्षी दलका नेता, डार्विन सिटि काउन्सिलका मेयर, पाल्मर्स्टनका मेयरलगाएत अन्य भीआइपीहरुलाई ओलीले स्टेज मै नचाएकी थिइन् ।

नेपाली एसोसियसन अफ नर्दन टेरिटोरी र एनआरएन ए-नर्दन टेरिटोरिले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो चर्चित गीत “बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा” गाउदै सबै अतिथिहरुलाई सँगै नाच्न अनुरोध गरेपछि सबै मञ्चमा पुगेका थिए ।

भिडियो हेर्नुस्-

राम्रो नाचे बापत गायिका ओलीले महिलातर्फ नर्दन टेरिटोरिका बिपक्षी दलका नेता डेलिया लरीलाई नेपाल झल्काउने मायाको चिनो र पुरुषतर्फ सिटी अफ पल्मर्स्टनका मेयर इयान एबोटलाई सगरमाथा अङ्कित टि-शर्ट उपहार स्वरुप दिएकी थिइन्।

गत आईतवार २२ तारिक, डार्विनको मरारा इन्डोर स्टेडियममा भएको सास्कृतिक कार्यक्रममा गायिका ओलीका साथै इन्दिरा जोशी तथा स्थानीय ब्यान्ड एनएएनटि ब्यान्ड तथा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिएका थिए ।

komal-oli1तस्वीरः बीपी भन्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment