Comments Add Comment

सामसुङले भित्रायो थ्रीजी स्मार्टफोन ‘जे-वान’

Samsung-J1

११ चैत, काठमाडौं । सामसुङको नयाँ थ्रीजी स्मार्टफोन ‘जे-वान’ नेपाली बजारमा भित्रिएको छ । जे-वानले सुलभ मूल्यमा नेपाली उपभोक्तालाई थ्रीजी एक्स्पेरियन्स दिलाउने अपेक्षा कम्पनीको छ ।

नेपाली बजारमा जे-वानको मूल्य ११ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ । जे-वानमा ४.३ इञ्चको डब्लुभीजीए टिएफटी डिस्प्ले रहेको छ ।

यसको पछाडि ५ मेगापिक्सेल अटोफोकस क्यामेरा रहेको छ भने अगाडि २ मेगापिक्सेल क्यामेरा रहेको छ । जसले गर्दा उत्कृष्ट फोटोहरु मोबाइलमा कैद गर्न सकिने कम्पनीको दाबी छ ।

मोडर्न स्लिक डिजाइनमा रहेको जे-वानको तौल १२२ ग्राम रहेको छ भने मोटाई ८.९ मिलिमिटर रहेको छ । यसले नेपाली उपभोक्ताको विश्वास जित्न सफल हुने कम्पनीले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment