Comments Add Comment

सम्भोग हेर्ने पत्रकारलाई यसरी खेद्यो कछुवाले (फोटोफिचर र भिडियोसहित)

kachuwa (1)यौन सम्बन्धि चिज तथा कुराहरु देखाउन, सुनाउन मानिसलाई पो लाज लाग्छ । अरु जनावरहरुले आफ्नो यौनांग देखाउँदा वा यौन सम्पर्क गर्दा अरुले देख्लान् की भनेर लाज नमान्नुपर्ने हो । तर कछुवाले भने यौन सम्पर्क गर्दा मान्छेले हेरेको चित्त बुझाउँदो रहेनछ । भाले पोथीबीच यौन सम्पर्क भैरहेको बेला हेर्ने मानिसलाई झम्टँदो रहेछ कछुवाले ।

मडागास्कारमा हालै एउटा कछुवाले नेसनल जियोग्राफिक च्यानलका एकजना पत्रकारलाई लखेटेको घटनाले यसको पुष्टि गरेको छ ।

मडागास्कारको जंगली क्षेत्रमा भ्रमणको क्रममा चर्को आवाज निकालेर सम्भोग गरिरहेको कछुवाको एक जोडीको कार्यक्रमको दृश्य खिचिरहेका पाउल रोज नामका पर्यटक कछुवाको खेदाइमा परे ।

kachuwa (2)

आफ्नो सम्भोगको सत्र चलिरहेको बेला कछुवाले मानिसको हेराइ वा आवतजावत मन पराउँदैन भन्ने कुरा पाउल रोजलाई थाहा थियो । तर कछुवाको निकै ठूलो आवाज आएपछि के रहेछ त ? भनेर हेर्न जाँदा अल्डाब्रा जातिको कछुवाका भालेपोथी यौनक्रिडामा मस्त रहेको पाए अनि उनी र उनको समूहका रहेका मानिसहरुले कछुवाको कर्मको भिडियो खिच्न थाले ।

यौनक्रिडामा मस्त भैरहेको बेला मानिसहरुको गाइँगुइँ तथा क्यामराको क्लिक झि्लक् कछुवाको जोडीले थाहा पाए । निकै भिमकाय जिउ भएको भालेलाई रिस उठेछ । तत्काले पोथीको जिउबाट ओर्लिएर ऊ आफुलाई हेर्ने र खिच्ने मानिसतर्फ अघि बढ्यो, आक्रमणका लागि ।

सुरुमा त रोजले आफुहरुको नजिक आएपछि कछुवा डराएर फेरि फर्किएला भन्ने सोँचेका थिए । तर उक्त रिसाहा कछुवा मानिसको नजिकै आएर आँखा ठूला ठूला पार्दै कराउन थाल्यो र मान्छेहरुको जिउमै धावा बोल्ने सुर कस्यो । त्यसपछि रोजको टोली केही पछि हट्यो । यौनक्रिडामा डिस्टर्ब पूराउने मान्छेहरुप्रति त्यो भालेको आक्रोस थामिएको थिएन । ऊ फर्किएन र मानिसहरुलाई खेदिरह्यो ।

मानिसहरुलाई लखेटेर ३ सय ६५ मिटर पर पूराएपछि मात्र त्यो कछुवा थामियो र पुनः पोथी भएकै ठाउँतिर फर्कियो ।

kachuwa (3)

kachuwa (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment