Comments Add Comment

यस्तो भयो विश्वको सबैभन्दा हिले दौड (फोटो फिचरसहित)

hilo (6)

उसै त १० किलोमिटरको दौड भनेपछि धेरैका लागि भारी पुग्ने काम हो । अझ जिउ नै डुब्ने हिलाम्मे खाल्डाहरुमा डुब्दै बाटो पार गर्नुपर्ने भएपछि त्यस्तो दौड रोमान्चक तथा साहसिलो कसो नहोला ?

स्कटल्याण्डको फेनविकमा हालै हिलोमा कुँद्ने प्रतियोगिताको आयोजना भयो । सन् २०१२ देखि वर्षेनी हुँदै आएको मडी ट्रायल्स रेस नाम दिइएको उक्त स्पर्धामा कैयौँ मानिसहरु घिन लाग्दो हिलोमा लडीबुडी खेल्दै दौडिए । विश्वको सबैभन्दा हिले दौड प्रतियोगिता समेत भनिने यो प्रतियोगिताका दौरान मानिसहरु एक अर्कामा हिलो छ्यापाछ्याप पनि गरे ।

१० किलोमिटर दूरीको यो दौड सजिलो छैन । बाटोमा गह्रा काल्नाहरु उक्लिनु तथा झर्नुपर्ने मात्र होइन घना जंगल समेत पार गर्नुपर्छ । जहाँ तिखा काँडाहरु तथा हिलो भरिएको तालहरुबाट गुजि्रनुपर्छ अनिमात्र दौड पूरा हुन्छ ।

प्रतियोगितामा सहभागी हुनेहरुले हिलोमा लडीबुडी खेल्दा तथा जिउ सबै हिलाम्मे भएको बेला अनौठो तथा रोमान्चक पोज दिए । कतिपयले त दौडमा घरका कुकुरहरु समेत सहभागी गराए । मान्छे मात्र होइन कुकुरहरु पनि हिलाम्मे भएका देखिन्छन् । हेरैँ हिले दौडका केही रोमान्चक दृश्यहरु

hilo (1) hilo (2) hilo (4) hilo (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment