Comments Add Comment

स्मार्टफोनको लत लाग्यो ? यसरी हटाउनुहोस्

phoneआजकल मानिसहरुमा स्मार्टफोनको क्रेज यति धेरै छ कि फोन नचलाई एकछिन पनि बस्न सक्दैनन् । ब्यस्त सडकमा हिड्दै गर्दा, गाडीमा यात्रा गर्दैगर्दा वा कार्यालयमा काममा खटिइरहेका बेलामात्र हैन, ट्वाइलेट बस्दा, खाना खाँदा वा मस्त निद्रालाई ब्रेक दिएर पनि मानिसहरु स्मार्टफोनमै झुण्डिइरहेका हुन्छन् ।

अर्थात् स्मार्टफोनको प्रयोग एक सिमितको लत अर्थात नशा बन्न थालेको छ । जसले गर्दा उर्वर समय स्मार्टफोनले खाइदिन थालेको छ भने घर परिवार र सम्बन्धहरुमा पनि समस्या ल्याउन थालेको छ । यसले तपाईको खुसी, तपाईको मानसिक बिकाश, शैक्षिक एवं सामाजिक सम्भावनालाई समेत नष्ट गरिरहेको हुनसक्छ ।

बिभिन्न अध्ययनहरुले दिनमा दुई घण्टाभन्दा धेरै समय स्मार्टफोनमा सक्रिय हुनुलाई नशाको रुपमा ब्याख्या गरेका छन् ।

स्मार्टफोन यस्तो नशा कसरी घटाउने ? कहिलेकाहीं तपाईलाई लाग्छ होला स्मार्टफोनको नशामा यति धेरै डुबिसकें कि अब छुटकारा पाउनै सक्दिन् ।

लागूऔषध, मध्यपान र धूमपानको कूलत त हटाउन सकिन्छ भने स्मार्टफोनको लत हटाउन नसकिने कुरै छैन् । मात्र तपाईंले चाहनुपर्छ ।

यदि तपाईले स्मार्टफोन प्रयोगको दायरा आफैले निर्धारण गर्नुभयो, केही साबधानी अपनाउनुभयो भने स्मार्टफोनको लतबाट छुटकारा पाउन सक्नुहुन्छ ।

१. नोटिफिकेसन अफ गर्नुहोस्

नोटिफिकेसन यस्तो एउटा माध्यम हो जसले तपाईलाई हरदम स्मार्टफोन वा सामाजिक संजालसँग जोडिरहन बाध्य बनाउँछ । फेसबुकमा तपाईको फोटोमा कसैले लाइक गरेको वा कमेन्ट गरेको मात्र हैन, तपाईले अरु कसैको तस्वीरमा गरेको लाइक वा कमेन्टको नोटिफिकेसनले पनि हैरान बनाउँछ ।

एकपटक नोटिफिकेसन आएपछि त्यसलाई चेक गर्दा मानिस झण्डै आधा घण्टा फोनमा समय बिताउँछ । जसले गर्दा तपाईको उर्वर समय यस्तै नोटिफिकेसनसँग बरालिदै वित्छ ।

त्यसैले आफ्नो स्मार्टफोनमा यस्ता अनाबश्यक नोटिफिकेसन नराख्नु राम्रो हुन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक संजालका नोटिफिकेसन सामान्यतयाः अफ गर्नु नै बुद्धिमानी हुन्छ ।

एसएमएस लगायतका अन्य नोटिफिकेसनलाई पनि भ्वाइस अलर्ट अफ गरेर स्मार्टफोन इंगेजमेन्ट कम गर्न सकिन्छ ।

Phone-timeline-today२. कति सयम स्मार्टफोनमा बित्यो ? हिसाव निकाल्नुहोस्

औसत हामीले दिनमा कति घण्टा फोन बिताउँछौं ? कहिलेकाहीँ यस्तो समय दिनमा चार-पाँच घण्टाभन्दा बढि हुनसक्छ । तर, यसबारेमा हामी अनबिज्ञ हुन्छौं ।

त्यसैले यदि तपाई आफ्नो स्मार्टफोन प्रयोगको समय घटाउन चाहनुहुन्छ भने फोन प्रयोगको हिसाव राख्न थाल्नुस् । त्यसका लागि एन्ड्रोइड अपरेटिङ सिस्टममा ‘क्वालिटी टाइम’ र आईओएसमा ‘मोमेन्ट’ नामक एप्स प्रयोग गर्न सकिन्छ ।

यी एप्सले तपाईलाई स्मार्टफोन प्रयोगको समयमात्र हिसाव राख्दैनन्, यदि तपाईले फोनमा धेरै समय बिताइरहनुभएको छ भने चेतावनीसमेत पठाउँछन् ।

३. फोन फ्रि समय र क्षेत्र निर्धारण गर्नुहोस्

सामान्यतयाः बाथरुम जाँदा, खाना खाँदा, सिनेमा हेर्दा वा किताव पढ्दा हामीलाई फोनको जरुरी हुँदैन् । तर, हामी यस्तै बेलामा समेत स्मार्टफोन प्रयोग गरिरहेका हुन्छौं, मानौं फोन छाड्यो भने संसार नै डुब्छ ।

तर, तपाईले यस्तो बेलामा आफुलाई जति फोनबाट टाढा राख्न सक्नुभयो तपाईलाई सोच्न, परिवारसँग समय बिताउन र आनन्द लिन समय मिल्छ । त्यसैले यस्तो एउटा समय निर्धारण गर्नुहोस् जहाँ तपाई फोन चलाउनुहुन्न । यस्तो बेलामा तपाईले फोन एरोप्लेन मोड वा बिजी मोडमा राख्न सक्नुहुन्छ ।

४. फोनलाई अलार्म क्लक नबनाउनुहोस्

अलार्म बजाउने घडीका रुपमा फोनलाई प्रयोग गर्दा पनि यसको प्रयोग बढिरहेको छ । अलार्म सेट गर्ने बहानामा बेलुकी एकाध धण्टा र बिहान अलार्मसँगै अर्को एकाध धण्टा स्मार्टफोन चलाउने बानी नै बसिसकेको हुन्छ ।
त्यसैले आफ्नो फोनलाई अलार्म घडी नबनाउनु नै बेश । आफ्नो बेडरुमलाई स्मार्टफोन निषेधित क्षेत्र बनाउँदा तपाईको निद्रा, स्वास्थ्य र सम्बन्धसमेत मजबुद हुन्छ ।

५. प्रबिधिबाट छुट्टी लिन सिक्नुहोस्

यदि तपाईलाई माथिका कुनै पनि सुझावले काम गरेन भने आफैंले आफुलाई प्रबिधिबाट मुक्त हुन अभ्यस्त गर्नुहोस् । निश्चीत समय फोन अफ गर्ने तालिका बनाउनुहोस् । फोन नबोक्ने समय र सन्र्दभहरु निर्धारण गर्नुहोस् । फोन चलाउँदा एकैपटक मिस्ड कल, एसएमएस, सोसल मिडिया नोटिफिकेसन आदि चेक गर्नुहोस् र सकेसम्म छिटो फोन अफ गर्नुहोस् ।

यसले तपाईका साथीभाई र परिवारलाई पनि थाहा हुने छ कि तपाईको फोन कतिबेला खुल्छ र कतिबेला अफ हुन्छ । जसले गर्दा तपाईबाट उनीहरुले तुरुन्तै रेस्पोन्सको अपेक्षा गर्ने छैनन् । -मासाबेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment