Comments Add Comment

मलेसियामा अर्का एक नेपालीको मृत्यु

रामचन्द्र नेपाल

१२ चैत, क्वालालम्पुर । रोजगारीको लागि २५ महिनाअगाडि मलेसिया आईपुगेका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।

krishna thapaस्याङजा जिल्ला कृष्ण गण्डकी गाविस वडा न १ घर भई काजाङ सिमोनियामा रहेको ओवा इलेक्ट्रोनिक्समा कार्यरत २६ वर्षका टेकवहादुर थापाको मृत्यु भएको हो ।

अघिल्लो दिन विदा भएको कारण साथीभाईहरुसँग भेटघाट गरी रातीको १ वजेतिर थापा सुतेका थिए । अर्काे दिन विहान डिउटी जाने वेलामा दार्चुलाका साथी दिलिपले उठाउन जाँदा उनी ओछ्यानमै मृत अवस्थामा थिए ।

शवलाई पोसमार्टमको लागि स्थानिय शेरडाङ अस्पतालमा लगिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको भुपेन्द्र वोहोराले जानकारी गराए ।

मृतक थापा अविवाहित हुन । थापाको वुवाको पनि केहि समय अगाडि मात्रै नेपालमा निधन भएको थियो । घरमा आमा र वहिनीमात्र रहेको थापाको मृत्युको कारण भने खुलेको छैन । मलेसियामा विभिन्न कारणले हरेक दिनजसो नेपालीको मृत्यु हुने गरेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment