Comments Add Comment

जिरे खुर्सानी बन्द भएपछि ‘मेरी बास्सै’मा पुगे मुन्द्रे

jitu and dhrumus

काठमाडौं । आफ्नो निर्देशन र अभिनय रहेको हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ को प्रशारण रोकिएपछि जिरे खुर्सानीका मुन्द्रे -जितु नेपाल) आफ्नै चेलाको कार्यक्रम ‘मेरी बास्सै’ देखिने भएका छन् ।

जितुले मुन्द्रेकै भूमिकामा निर्वाह गर्दै मेरी बास्सैमा एक भागका लागि अभिनय गरिसकेका छन् ।

धाराबाहिकमा मुन्द्रेको प्रवेश गराउन निर्देशक सीताराम कट्टेलले नयाँ जुक्ति निकालेका छन् । गाउँमा धुर्मुशको फट्याईले गाउँले आजित भइरहेका बेला शहरबाट मुन्द्रे धुर्मुसको गाउँ पुग्छन् ।

यसै त धुर्मुसको फट्याईँ, त्यसमाथि मुन्द्रेको प्रवेश ! गाउँलेहरुको हैरानी आफै अनुमान गर्न सकिन्छ ।

पहिलो भागको सुटिङ निकै राम्रो भएको निर्देशक सीताराम कट्टेलले बताए ।

jitu and dhrumus 2

तत्काल एक भाग मात्रै सुटिङ गरेको जानकारी दिंदै जितु नेपालले कार्यक्रम प्रशारण भएपछि दर्शकको प्रतिक्रिया बुझेर मात्रै अघि बढ्ने/नबढ्ने निर्णय गर्ने बताए ।

‘अहिलेलाई एक भाग मात्रै सुटिङ गरेको हो, अहिले सुटिङ गरेको एपीसोड हेरेर मात्रै अन्य श्रृङखलामा खेल्ने नखेल्ने निर्णय गर्छु ।’ अनलाइनखबरसंग कुरा गर्दै जितुले भने ।

कुनैबेला सीताराम कट्टेल अर्थात धुर्मुस जितु नेपालको निर्देशनमा प्रसारण हुने हाँस्य सिरियलमा अभिनय गर्दथे । अहिले उनै धुर्मुसले आफ्नै गुरुलाई अभिनय गराउने अबसर पाएका छन् ।

विज्ञापन एजेन्सीको बद्मासीले आफ्नो सिरियलको प्रशारण रोकिएको बताउँदै जितुले दुई सातापछि ‘जिरे खुर्सानी’ प्रशारण हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment