Comments Add Comment

चिलीको मरुभुमीमा बाढीको विपत्ती

flooding-in-Chile-Atacama-desert

१२ चैत, काठमाडौं । संसारकै सबैभन्दा सुक्खा क्षेत्र मध्येको एक चिलीको एटाकामा मरुभुमिमा अचानक बाढी आएपछि जनजीवन अस्तव्यस्त भएको छ ।

बिद्युत र टेलिफोन सेवा अबरुद्ध भएको छ भने सडक भत्किएर यातायात पनि ठप्प छ । ४८ हजार नागरिक पीउने पानीबाट र ३८ हजार नागरिक विद्युत सेवाबाट बन्चित भएका छन् ।

बाढीबाट प्रभावितहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

फेरि पनि पानी पर्ने र झन् ठूलो विपत्ती आउन सक्ने अनुमानमा स्थानीय नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्राय सुुक्खा रहने सो क्षेत्रमा १२ बर्षपछि बाढी आउँदा विपत्ति निम्तिएको अधिकारीहरुले बताएका छन् ।

चिलीको दक्षिण क्षेत्रको एन्डेसमा आएको भारी बर्षाका कारण सहर र उपत्यका जलमग्न भएका हुन् । नदी किनारलाई भत्काउँदै बाढी कोपियापो सहरमा पसेको छ ।

राष्ट्रपति मिचेल ब्याचलेट पूर्व निर्धारित सबै कार्यक्रम रद्ध गरी बाढी प्रभावित कोपिआपो क्षेत्रमा गएकी छन् । बाढीबाट कोपिआपोसहित ओकिम्बो र एन्टोफगास्टा क्षेत्र सबैभन्दा धेरै प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment