Comments Add Comment

मेस्सी बने सर्वाधिक धनी फुटबलर, रोनाल्डो दोस्रो स्थानमा

messi
१२ चैत, काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेस्सी सर्वाधिक धनी फुटबलर बनेका छन् ।

फ्रान्स फुटबल पत्रिकाले सार्वजनिक गरेको धनी फुटबलरहरुको सूचीमा मेस्सीले चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोलाई समेत पछि पारेका छन् ।

मेस्सीले बार्सिलोनाबाट पाउने तलबका अतिरिक्त एडिडास, फिफा १५ र टर्किस एयरलाइन्सको प्रयोजनबाट कमाउने गरेका छन् ।

पत्रिकाका अनुसार मेस्सीले एक वर्षमा ६५ मिलियन युरो कमाएका छन् । यो रोनाल्डोको कमाइ भन्दा ११ मिलियर युरो बढी हो ।

Ronaldo

धनी फुटबलरहरुको सूचीमा दोस्रो स्थानमा रहेका रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोले ५४ मिलियन युरो कमाएका छन् ।

३६.५ मिलियन कमाइका साथ बार्सिलोनाका नेयमार धनी फुटबलरको तेस्रो नम्बरमा परेका छन् ।

शीर्ष १० धनी फुटबलरमा क्रमशः थिएगो शिल्भा, रोविन भानपर्सी, ग्यारेथ बेल, वायन रुनी, जाल्टन इभ्राहिमोभिच, सर्जिओ एग्युरो र रोबर्ट लेभान्डोस्की छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment