Comments Add Comment

अष्ट्रेलियाबाट भाइरल बन्यो अर्को रेशम फिलिलि

resham

काठमाडौं । यतिबेला रेसम फिलिलि फिल्मको गीत निकै भाइरल बनिरहेको छ । इन्टरनेट दुनियाँमा मात्र हैन, पार्टी, किपनिक र हरेकजसो जमघटमा ‘जालमा’ गीत पहिलो रोजाइ बन्न थालेको छ ।

इन्टरनेट संसारमा त यो गीत यति लोकपि्रय हुँदै गएको छ कि अनेकथरि रिमेक भर्सन उपलब्ध छन् ।

अस्टे्रलियामा बसोबास गर्ने नेपाली युवाले बनाएको रेशम फिलिलि भीडियो यतिबेला झण्डै ओर्जिनल गीतजस्तै भाईरल बनेको छ । अपलोड गरेको तीन दिनमा युट्युवमा झण्डै दुई लाख बढीले हेरेका छन् ।

सिडनीमा रहेको नेपाली युवाहरुको समुह ‘द नेक्स्ट’ले निर्माण गरेको यो भिडियो ५ मिनेट लामो छ ।

अस्टे्रलियामै रहेका सुरक्षा थापा, प्रदीप लामा, अमित, बज्राचार्य, साजिया मिया, प्रभा दवाडी लगायतले अभिनय गरेका छन् ।

विभिन्न सामाजिक सञ्जालहरुमा भिडियोको सेयरिङ धेरै हुन थालेपछि यसमा आबद्ध युवा युवति खुसी छन् । खासमा ति युवाहरुले यो भिडियो आफ्नो मनोरञ्जनका लागि बनाएका थिए ।

यो भिडियोको सफलतासंगै उनिहरुलाई यस्तै अरु नयाँ काम गर्ने प्रेरणा मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment