Comments Add Comment

राष्ट्र बैंकले वित्तीय संस्था घटुवा गर्न नपाउने

NRB-Photo

१२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था घटुवा (स्तर तल झार्न) गर्न नपाउने भएको छ । ‘बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७१’ कोे मस्यौदामा राष्ट्र बैंकले घटुवा गर्न नपाउने प्रस्ताव गरेको हो ।

अहिलेकोे बाफियामा राष्ट्र बैंकले जायज देखेको अवस्थामा बैंक तथा वित्तीय संस्था घटुवा/बढुवा गर्न सकिने व्यवस्था रहेको छ । उक्त व्यवस्थामा बढुवालाई कायम राखी घटुवालाई हटाउन प्रस्ताव गरिएको हो ।

घटुवा सम्बन्धी व्यवस्था औचित्यहिन देखिएकाले उक्त व्यवस्था हटाइएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन ।

‘आफूले सञ्चालन अनुमति दिएको संस्था आफैले घटुवा गर्दा आफ्नो कमजोरी देखिने भएकाले पनि उक्त व्यवस्था खारेज गरिएको हो ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने ।

घटुवा गर्नसक्ने व्यवस्था भएपनि राष्ट्र बैंकले हालसम्म कुनै पनि संस्थालाई घटुवा गरेको छैन् । यद्यपि उक्त संसाेधन व्यवस्थापिका संसदबाट पारित भएपछि मात्र कानूनी मान्यता पाउँछ । त्यसपछि मात्र उक्त व्यवस्थालागु हुनेछ ।

बाफियाको मस्यौदाको प्रस्तावनामै वित्तीय स्थायित्वलगायतका शब्दावलीको प्रयोग गरिएको छ । यसअघिको बाफियामा वित्तीय स्थायित्व शब्दावलीको प्रयोग रिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment