Comments Add Comment

केपीले हारे, बोर्डले जित्यो, अब के बिकास होला त चलचित्र क्षेत्रको ?

film-bikash-board
चलचित्र विकास बोर्डले अब चलचित्र र हलको बर्गीकरण अभियानलाई अगाडि बढाउने भएको छ । वि.सं २०६८ साल माघ १७ गते गरिएको चलचित्र र हल बर्गिकरणको निर्णयमाथि परेको मुद्दामा बोर्डले बिजय हासिल गरेको हो ।

चलचित्रलाई क्यामेराको आधारमा बर्गिकरण गर्न लागिएको भन्दै चलचित्र निर्देशक केपी पाठकले सर्वोच्च रिट दायर गरेका थिए । वकिल तारा कुमार श्रेष्ठले अदालतको यो फैसलासँगै बोर्डलाई हल तथा चलचित्र बर्गीकरणको बाटो खुलेको बताए । बोर्डको निर्णय विरुद्ध मुद्दा परेपछि सर्वोच्चले अदालतले ‘स्टे अर्डर’ जारी गर्दै विकास बोर्डलाई निर्णय कार्यन्वयन नगर्न आदेश दिएको थियो ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष धमेन्द्र मरवैता ‘पप्पु’ले तत्कालिन समयमा आन्दोलनरत चलचित्रकर्मीसँग चलचित्र तथा हल बर्गीकरण गर्ने कुरामा संझौता गरेका थिए । यसका लागि बोर्डले केही समय पहिले काम सुरु गरेको थियो । चलचित्र विकास बोर्ड अहिले अध्यक्ष बिहिन भएको छ । जसका कारण पनि अध्यक्ष नियुक्ती तत्काल आवश्यक देखिएको छ ।

सर्वोच्चमा हालेको रिट खारेज भएपछि अनलाइनखबरसँग कुरा गर्दै निर्देशक केपी पाठकले यो आफ्नो नभई श्रृजनाको हार भएको बताए । उनले विश्वको कुनै पनि मुलुकमा क्यामेराको आधारमा चलचित्र बर्गीकरण नहुने भन्दै सर्वोच्चका न्यायधिसहरुले कसरी यसलाई खारेज गर्नु भयो, आफूलाई जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment