Comments Add Comment

भूवन निर्मातापछि निर्देशक, राजेश हमाल कहिले ?

rajesh-and-buwan
नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमाल र भूवन केसीविचको शितयुद्ध सधै नै देखिन्छ । चलचित्र क्षेत्रमा को नायकहरुको नायक ? भन्ने लडाई जहिले पनि चलेको हुन्छ ।

एक कार्यक्रममा त नायक भूवन केसीले राजेशप्रति कटाक्ष गर्दै चलचित्र असफल धेरै दिनेलाई महानायक भन्न नहुने बताएका थिए । तर, भूवनका बारेमा हमालले अहिलेसम्म मुख खोलेका छैनन् ।

नायक राजेश हमालले चलचित्र बनाउने भनिएको पनि लामै  समय भैसकेको छ । उनले सुरुवातमा त आफ्नै मामा स्वर्गिय दिपक रायमाझीको चलचित्र ‘डेस्टिनेशन काठमाण्डौ’लाई नै पुरा गर्ने चर्चा चलेको थियो । तर, हमालले यो चलचित्रमा पनि खासै ध्यान दिएनन् । यसपछि, उनले अर्को चलचित्र निर्देशन गर्ने चर्चा चलेपनि त्यो चर्चा सेलाएको छ ।

नायक राजेश हमाल चलचित्र क्षेत्रबाट अहिले हराउँदै गएको पाइन्छ । बिहे गरेपछि हमालको व्यस्तता कम भएको छ । पत्नी मधु भट्टराइसँग घुमफिर गरेका तस्बिरलाई मात्र हमालले आफ्नो फेसबुकमा महत्व दिएका छन् । नायक राजेश हमालले चलचित्र निर्देशन गर्ने भनिरहदा उनकै सहकर्मी नायक भूवन केसी भने निर्मातासँगै अब निर्देशक बन्दैछन् ।

भूवन आफ्नै छोरा अनमोल केसीलाई लिएर चलचित्र ‘डि्रम्स’ बनाउने तयारीमा जुटेका छन् । नयाँ बर्षसँगै भूवनको चलचित्रको छायांकन सुरु हुनेछ ।
निर्माता मात्र बनिरहदा भूवनले नायक राजेश हमालको बारेमा थुप्रै पटक घुमाउरो पारामा आलोचना गरेका छन् । अब, निर्देशक नै बनिसकेपछि भूवनले के भन्ने हुन्, हेर्नर् बाँकी छ । तर, भूवन निर्देशक बनेसँगै राजेशलाई पनि नयाँ कामको थालनीको दबाब पक्कै पनि पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment