Comments Add Comment

रक्तदानका लागि नेपालीको ११ लाख डलर बढी खर्च

blood donners of USAअमेरिका । रोजगारी तथा अध्ययनको शिलशिलामा अमेरिकामा रहेका नेपालीहरू नेपालीहरूले रक्तदान कार्यक्रमका लागि झन्डै ११ लाख १ हजार डलर खर्चिएका छन् ।

रक्तदान कार्यमा अग्रणी नेपालीहरूले सन् २००८ देखि २०१५ सम्ममा संस्थागत रुपमा छ हजारभन्दा बढी रगत दान गरिसकेका छन्। नेपालीबाट संकलित भएको यति रगतबाट १८ हजार बिरामीहरूलाई बचाउन सहयोग पुग्ने बताइएको छ । एकपटक रगत दान कार्यक्रम आयोजना गर्दा करिब ४० जना नेपालीले रगत दान गर्ने गरेका छन्। विभिन्न कारण र अवसरको खोजीमा गत दुई-तीन दशकमा धेरै संख्यामा आएको नेपालीहरू रक्तदानमा अग्रणी छन् ।

सन् २००८ देखि २०१५ सम्ममा संस्थागत रुपमा छ हजारभन्दा बढी नेपालीले रगत दान गरिसकेका छन्। एकपटक रगत दान कार्यक्रम आयोजना गर्दा करिब ४० जनाले रगत दान गर्ने गरेका छन्। अहिलेसम्म करिब १ सय ५० वटा रगत दान कार्यक्रम भइसकेका छन्। एक पटकको रगतदानमा करिब १ सय २५ जना जतिको उपस्थिति रहने गरेको छ।

हजार युनिट रगत दान गर्न करिब १८ हजार नेपाली उपस्थित हुन्छन्। आफ्नो घरबाट रगत दान हुने स्थलमा जान आउन स्वास्थ्य परिक्षण र रगत दिने समयसमेत करिब तीन घण्टा लाग्छ । १८ हजारको उपस्थितिमा ३ घन्टाको दरले ५४ हजार घण्टा समय खर्च भएको रक्तदानमा सहभागी हुँदै अाएका अर्जुनप्रसाद मैनाली बताउँछन् ।

उपस्थित हुने नेपालीले सरदर १ घन्टाको १५ डलर अम्दानी गर्छन् । यो हिसाबले ५४ हजार घन्टाको ८ लाख १० हजार डलर बराबरको समय प्रदान गरेका छन्। ५४ हजार जनालाई रक्तदान कार्यक्रममा जान आउन प्रति व्यक्ति करिब चार डलर यातायात खर्चले २ लाख १६ हजार डलर हुन आउँछ।

त्यस्तै हल भाडा, रक्तदाता तथा स्वयंसेवकलाई खाजा, ब्यानर, सर्टिफिकेट आदिमा प्रति रक्तदान कार्यक्रममा ५ सय डलरका दरले १ सय ५० वटा कार्यक्रममा ७५ हजार डलर खर्च भएको बताइएको छ। यसरी नेपालीहरूले रक्तदानका लागि कूल खर्च ११ लाख १ हजार डलर भएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment