Comments Add Comment

केपी ओलीलाई भेटेपछि बाबुरामको बाग्लुङ भ्रमण स्थगित

१२ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीसँगको छलफल सकारात्मक भएको भन्दै एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो बाग्लुङ भ्रमणको कार्यक्रम स्थगन गरेका छन् । डा. भट्टराई उपनिर्वाचनको प्रचारमा शनिबार बाग्लुङ जाने कार्यक्रम थियो ।
kp-baburam
एमाओवादी नेता डा.भट्टराई केपी ओलीलाई भेट्न बुधबार साँझ ७ बजे बालकोटस्थित ओलीनिवासमा पुगेका थिए । बाबुराम बालकोट पुग्दा एमाले नेताहरु स्थायी कमिटीको बैठक सकेर भर्खरै उठ्दै थिए ।

ओलीसँगको भेटमा बाबुरामले  सत्तापक्षले संविधानसभाको प्रक्रिया थाल्ने र विपक्षी मोर्चाले आन्दोलन थाल्ने हो भने त्यसपछि वार्ता गर्न गाह्रो पर्ने भन्दै चैत्र १४ अगावै शीर्ष नेतावीच वार्ता हुनुपर्ने प्रस्ताव राखेका थिए ।

भेटमा ओली पनि नरम गरी प्रस्तुत भएको  डा. भट्टराईले महसुस गरेको स्रोतले बतायो । ‘ओलीमा नरमपन देखियो, जसले गर्दा वार्ताको वातावरण बनेको छ,’ भट्टराईनिकट स्रोतले अनलाइनखबरसँग भन्यो ।

अोलीलार्इ भेट्नुअघि भट्टरार्इले कांग्रेस नेता कृष्ण सिटाैला, महेश अाचार्य र एमाले नेता अग्नि खरेलसँग बेग्लाबेग्लै छलफल गरेका थिए

एमाओवादी अध्यक्ष प्रचण्ड चीनबाट फर्कनासाथ शीर्ष नेताहरुको बैठक राख्ने ओली र डा. भट्टराईवीच सहमति भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्ड शुक्रबार चीनबाट फर्कंदैछन् । उनी फर्केपछि शनिबार शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

शनिबार शीर्षनेताको बैठक बस्ने ओलीसँग सहमति भएपछि डा. भट्टराईले शनिबार बाग्लुङ जाने कार्यक्रम स्थगन गरेका हुन् । शुक्रबार पोखरा पुगेर डा. भट्टराई बाग्लुङ नगई बेलुकै राजधानी र्फकने कार्यक्रम तय भएको स्रोतले बतायो ।

सिटौला भट्टराई निवास पुगे

यसैवीच कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले विहीबारै सानेपास्थित निवासमा पुगेर डा. भट्टराईसँग छलफल गरेका छन् ।
krishna-sitaula
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिका लागि दलहरुलाई चारदिने अल्टिमेटम दिएकै दिन सिटौलाले डा. भट्टराईसँग छलफल गरेका हुन् ।

सिटौलालाई भेट्नुपूर्व डा. भट्टराईले संवैधानिक राजनीतिक सम्वाद तथा सहमतिको कार्यालयमा कांग्रेस नेता एवं वनमन्त्री महेश आचार्य र एमाले सभासद अग्नि खरेललाई बेग्लाबेग्लै भेटेर शीर्ष नेताहरुसँग सम्वादको वातावरण बनाउन आग्रह गरेका थिए ।

एमाले नेता खरेलसँग भएको सोही छलफलपछि ओली र भट्टराईवीच भेट भटको वातावरण बनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

उता महेश आचार्यसँगको छलफलपछि डा.भट्टराईलाई भेट्न सिटौला सानेपा पुगेको बताइएको छ ।

दलहरुवीच शनिबार शीर्ष बैठक बस्ने सहमति भए पनि विवादका विषयहरु अहिलेसम्म साँघुरिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment