Comments Add Comment

नबोल्दा ओझेल परेका सविन र सौगात

sabin-and-saugat-mall
चलचित्र क्षेत्रमा खासै केही नगरेपनि हल्ला गर्नेहरुको चर्चा ज्यादा हुन्छ । काम गर्ने भन्दा हल्ला गर्नेहरु बढी छाउँछन् । सायद, यसैले पनि होला यहाँ काम त गर्नु पर्छ नै बोल्न पनि जान्नु पर्छ ।

चलचित्र ‘लुट’बाट एकाएक उचाइमा पुगेका कलाकार सौगात मल्लको यसपछि भने खासै चर्चामा छैनन् । सौगात काम धेरै गर्छन्, तर बोल्दैनन् । उनको बानी यतीसम्मको छ कि, उनी चलचित्रको कार्यक्रममा पनि खासै बोल्दैनन् ।

केही हप्ता अघि आयोजना भएको चलचित्र ‘षडङ्ग’का पत्रकार सम्मेलनमा सौगात खासै बोलेनन् । पत्रकारले प्रश्न सोधेमात्र बोल्ने बताएका सौगातले आफ्नो सबै कुरा चलचित्रले नै बताउने बताए । सौगात भूमिकाका लागि समर्पित हुन्छन् ।

सौगात मिडियामा पनि खासै पुग्दैनन् र कम बोल्छन् । काम मात्र गर्ने सौगातको चर्चा यसैले पनि चलचित्र बजारमा कम हुन्छ । दर्शकले उनलाई अहिलेसम्म पनि ‘लुट’का ‘हाकु काले’ नामले चिन्छन् । नबोलेकै कारण सौगातपछि परेको बताउनेहरु पनि यहाँ धेरै छन् ।

चलचित्र असफलताले थिचिएका पात्र सौगात हुन् भने चलचित्र हिट भएर पनि चर्चित नबनेका पात्र हुन्, कलाकार सविन श्रेष्ठ । विशेषगरि, आफ्नो सुगठित शरीरका कारण सविन चर्चामा छन् । तर, उनी पनि खासै बोल्दैनन् । उनले अहिले एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । तर, उनको काम अनुसारको नाम छैन । सविन आफूलाई बोल्न नआउने बताउँछन् । सविनको जस्तै तर्क कलाकार सौगात मल्लको पनि हुन्छ ।

नेपाली चलचित्रमा सविन र सौगात जस्ता अन्य केही कलाकार पनि छन्, जो प्रचारवाजीमा नउत्रदा ओझेलमा परेका छन् । उनीहरुले काम त राम्रो गरेका छन्, तर औषत काम गर्नेले नै उनीहरुलाई छायाँमा पारिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment