Comments Add Comment

प्रियंकाले भनिन्-‘कंगनाले जितेकोमा दुःखी छु ‘

Priyanka-Chopra-Mary-Kom
नायिका प्रियंका चोपडाले आफुलाई हार्दा नरमाइलो लाग्ने बताएकी छिन् । नायिका कंगना राणावतले नेशनल अवार्ड पाएको खबर सुनेपछि नरमाइलो नलागेको उनको भनाई थियो ।

भारतीय राष्ट्रपति प्रणब मुखर्जीको हातवाट कंगनाले नेशनल अवार्ड लिईरहेको बेला प्रियंका अमेरिकामा थिईन् । कंगनाले अवार्ड पाए लगत्तै प्रियंकाले ट्वीट गरेर बधाई दिईन् कंगनालाई । उनले ट्वीटमा लेखिन ‘मलाई हारेको रमाईलो लाग्दैन तर, मैले यस वर्ष कसैको पछाडी बस्नु पर्‍यो । कंगना बधाई ।’

पि्रयंका र कंगनाले सन् २००८ मा बनेको चलचित्र ‘फेशन’मा संगै अभिनय गरेका थिए । उक्त चलचित्रवाट प्रियंकाले  सर्वोत्कृष्ट नाियकाका रुपमा सोही चलचित्रवाट अवार्ड जितेकी थिईन् । ६२ औ नेशनल फिल्म अवार्डमा प्रियंका अभिनित ‘मेरी कोम’ ले सर्वोत्कृष्ट पपुलर अवार्डमै चित्त बुझाउनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment