Comments Add Comment

भारतलाई हराउँदै अष्ट्रेलिया विश्वकपको फाइनलमा

Australia

साविकको विजेता भारतलाई ९५ रनले पराजित गर्दै चार पटकको विजेता अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

अब उसले आइतबार हुने उपाधि भिडन्तमा न्यूजिल्याण्डको सामना गर्नेछ । समूह चरणमा भएको भेटमा न्यूजिल्याण्डले अष्ट्रेलियामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो ।

स्मिथको शानदार शतक

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा विकेट ७ गुमाएर ३२८ रन बनायो । यो विश्वकपको सेमिफाइनलमा कुनै पनि टीमले बनाएको सबैभन्दा ठूलो स्कोर हो ।

उसले पहिलो विकेटका रुपमा भरपर्दा ब्याट्सम्यान डेभिड वार्नर १२ रनमा आउट भए, जतिबेला अष्ट्रेलियाले मात्र १५ रन बनाएको थियो ।

aron-Finch-and-Steven-Smith

तर, आरोन फिन्च र स्टिभ स्मिथले अष्ट्रेलियाको पारी सम्हाले । फिन्च र स्मिथले दोस्रो विकेटका लागि १८२ रनको साभेदारी गरे । स्मिथ १०५ रनमा आउट भए । ९३ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हाने ।

फिन्चले ग्लेन म्याक्सवेलसँग ३५ रनको साझेदारी गरे । म्याक्सवेल २३ रनमा आउट भए । थप एक रन जोड्दा फिन्च ८१ रनमा पभेलिन फर्किए । अष्ट्रेलियाका कप्तान माइकल क्लार्क पनि मात्र १० रनमा आउट भए ।

म्याक्सवेल, फिन्च र क्लार्कको विकेट लगातार झर्दा अष्ट्रेलियाको रनको गति केही सुस्त भएको तियो । तर, अन्तिम ओभरमा मिचेल जोनसन र फल्कनरले केही ठूलो सर्ट खेलेर अष्ट्रेलियाको पारी ३ सय कटाए ।

फल्कनरले १२ बलमा २१ रन बनाए । जोनसन ९ बलमा चार चौका र एक छक्काको मदतमा २७ रनमा अविजित रहे । ब्राड हेडिल ७ रनमा अविजित रहे ।

भारतमा उमेश यादवले चार विकेट लिए भने मोहित शर्माले २ विकेट लिए ।

धोनीबाहेक सबै फेल

जवाफमा मैदान उत्रिएको भारत ४६.५ ओभरमा २३३ रन जोड्दा अल आउट भयो । पहिलो विकेटका लागि रोहित शर्मा र शिखर धवनले ७६ रनको साझेदारी गरे ।

पहिलो विकेटका रुपमा धवन ४५ रनमा आउट भए । त्यसपछि भारतका भरपर्दा ब्याट्सम्यानहरु लगातार आउट भए । थप दुई रन जोड्दा विराट कोहली मात्र १ रनमा आउट भए ।

तेस्रो विकेटका रुपमा रोहित शर्मा ३४ रनमा आउट भए । सुरेश रैना मात्र ७ रनमा आउट भए, जतिबेला भारतको स्कोर ४ विकेटको क्षतिमा १०८ रन थियो ।

कप्तान महेन्द्र सिंह धोनीले अजिन्क्या रहाणेले ७० रनको साझेदारी गरे । रहाणे ४४ रनमा आउट भए । रविन्द्र जडेजासँग ३० र आर अश्विनसँग २३ रनको साझेदारी गरे । धोनी सातौं विकेटका रुपमा ६५ रनमा आउट भएपछि भारतको हार लगभग पक्का भयो । धोनी आउट भएपछि थप २ रन जोड्दा बाँकी ३ विकेट गुमायो र विश्वकपको सेमिफाइनलबाटै बाहिरियो ।

अष्ट्रेलियाका जेम्स फल्कनरले ३ तथा मिचेल जोनसन र मिचेल स्टार्कले समान २-२ विकेट लिए । जोस ह्याजलउडको एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment