Comments Add Comment

गोविन्द केसीको अनसनमा बैद्य माओवादीको समर्थन

१२ चैत, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको आमरन अनसनप्रति ऐक्यवद्धता जनाएको छ ।

फाइल फोटो
फाइल फोटो

माओवादी प्रवक्ता पम्फा भुसालले बिहीबार विज्ञप्ति निकालेर केसीको आन्दोलनको समर्थन गरेका हुन् ।

साथै उनले विगतको सम्झौता विपरितको निर्णय खारेज गर्न र डा. केसीसँग भएका सम्झौता लागू गर्न माग गरेकी छन् ।

विगतको सहमति कार्यान्वयनसहित १० बुँदे माग राखेर डा. केसी शिक्षण अस्पताल परिसरमा ५ दिनदेखि आमरण अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment