Comments Add Comment

बुटवलमा क्षेत्रीयस्तरको चिडियाखाना बनाइने

१२ चैत, बुटवल । रुपन्देहीको बुटवलमा क्षेत्रीयस्तरको चिडियाखाना स्थापना गरिने भएको छ । बुटवल उपमहानगरपालिका-४ स्थित मणिमुकुन्द सेन उद्यान क्षेत्रमा चिडियाखाना स्थापना गरिने छ । करिब एक करोड लागतमा निर्माण हुने चिडिया खानाको लागि उद्यान विस्तार गर्ने र जग्गा छनोट गर्ने काम सुरु गरिएको छ ।

manimukunda-sen-park-Rupandचिडियाखाना स्थापनाका लागि सरकारले अध्ययन अवलोकन तथा पूर्वाधार निर्माणका लागि १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । बजेट निकासा भएपछि चिडियाखाना सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ ।

करिब एक करोडको लागतमा निर्माण हुने सो चिडियाखानाका लागि आवश्यक जग्गा छनोटका पहल सुरु भएको मणिमुकुन्द सेन उद्यान परिषदका अध्यक्ष मोतीराज ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार स्थानीय वन उपभोक्ता समूहसँग समन्वय गरी क्षेत्र विस्तार गर्ने योजना छ । सो कार्यका लागि करिब १० हेक्टर जग्गा आवश्यक पर्ने र हालको भन्दा वन्यजन्तु तथा पक्षीको संख्यामा समेत वृद्धि अनुमान छ ।

बुटवल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष माधव प्रधानले चिडियाखाना स्थापनाले यस क्षेत्रको पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment