Comments Add Comment

असिनाले राजधानीका सडक सेताम्मे

१२ चैत, काठमाडौं । मौसममा आएको बदलीका कारण काठमाडौं उपत्यकामा मेघ गर्जनसहित असिना पानी परिरहेको छ । राजधानीका सडक असिनाले सेताम्मे भएका छन् ।

Asina-in-Ktm

मेघ गर्जनसहित पानी पर्ने क्रम अझै दुई दिनसम्म जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

‘क्यूमोलो निम्वस डेभलप भएर यस्तो भएको हो,’ उनले भने, ‘दिउँसो पानी पर्ने र बेलुकापख बन्द हुने क्रम पर्सीसम्म पनि रहन्छ ।’

दिउँसो मौसम तात्ने, मेघ गर्जनसहित पानी पर्ने र बेलुकापख निष्कृय हुनुलाई क्यूमोलो निम्वस भनिने उनले स्पष्ट पारे ।

पर्सिदेखि यसको प्रभाव विस्तारै कम हुँदै जाने उनले बताए । काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा अहिले मौसममा बदली भइ पानी परिरहेको मौसमविद श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment