Comments Add Comment

सम्बन्धन दिनै सूचना प्रकाशित गरेका हौं, ब्याक हुन्नौं : त्रिवि रेक्टर

१२ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनीधि न्यौपानेले मेडिकल कलेजहरुलाई सम्बन्धन दिनलाई नै सूचना प्रकाशित गरेको भन्दै त्यसबाट पछि नहट्ने बताएका छन् ।

gunanidhi-naupaneत्रिभुवन विश्वविद्यालयले कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्रीकै निर्देशन अनुसार नै पूर्वाधार र मापदण्ड पुरा गरेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सूचना आब्हान गरेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा रेक्टर न्यौपानेले प्रक्रिया पुर्‍याएर आएका मेडिकल कलेजहरुलाई रोक्नु आवश्यक नभएको तर्क गरे ।

डिन कार्यालयले सम्बन्ध नदिने भनी गरेको निर्णय प्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भउको भन्दै उनले त्यस विषयमा त्रिवी कार्यकारी कार्यकारी परिषदले तुरुन्तै आवश्यक निर्णय लिने घोषणा गरे । उनले भने-‘हामीले सम्बन्धन दिन डेढ वर्ष अघि आब्हान गरेका हौं । सम्भाब्य अध्ययन गराएर डिन कार्यालयमा पठाएका छौं । डिन कार्यालयले प्रतिवेदन पठाएपछि त्रिवि कार्यकारी परिषदले सम्बन्धन दिन्छ ।’

डा. गोविन्द केसीको आन्दोलनले आगोमा घिउ थप्ने काम गरेको दावी गर्दै उनले सम्पूर्ण स्वास्थ्य उपचार र शिक्षालाई निःशुल्क गर्नु पर्ने उनको माग देशको ल्याकत के छ ? भपी प्रश्न गररे । डा. केसीले नसक्ने कुरा थोपरेर यो पुरा नगरे म मछु भन्नु ठिक नभएको उनको टिप्पणी थियो ।

एमाले सभासद डा. बशिधर मिश्रले डा. गोविन्द केसीको आन्दोलनलाई हुनेवाला ससुरासँग छोरि दिन्छौ कि दिन्नौं भन्ने माग जस्तो भएको भनि टिप्पणी गरे । साथै उनले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन नमान्ने केसीको आन्दोलन बालहठ मात्रै भएको बताए ।

नेशलन मेडिकल कलेज विरगंजका अध्यक्ष प्रा.डा. जयनुद्धिन अन्सारीले सम्बन्ध नदिएर नेपाली विद्यार्थीहरुलाई विदेशीन बाध्य बनाएको आरोप लगाए ।

सम्बन्धनको विरोध गर्ने चिकित्सक संघका पूर्व अध्यक्ष केदार नरसिंह केसीले नै दुर्गम नगई काठमाडौंमा वीपी अस्पताल चलाएको आरोप लगाए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष केदार नरसिंह केसीले डा. केसीको आन्दोलन असल नियतले भएको बताए ।

मेडिकल शिक्षालाई नियन्त्रण गर्ने संयन्त्र नभई सम्बन्धन दिँदा गुणस्तरीय शिक्षा दिन नसकिने भन्दै उनले भने-केदारभक्त माथेमाको नेतृत्वको समितिको प्रतिवेदन आएपछि मात्रै सम्बन्धन दिऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment