Comments Add Comment

उद्यमशिलता विकासमा बैंकको भूमिका महत्वपूर्ण : गभर्नर नेपाल

Chiranjivi-Nepal-650
फाइल तस्वीर

१२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उद्यमशीलताको विकासका साथै सरकारलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

‘इन्डिपेन्डेन्ट बिजनेस न्युज’ नामक संस्थाले आयोजना गरेको एक कार्यक्रममा नेपालले निजी क्षेत्र अर्थतन्त्रको संवाहक भएकाले आर्थिक वृद्धिमा सघाउने गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अर्थतन्त्रलाई उँभो लगाउने केन्द्रीय बैंकको प्राथमिकतामा सक्रिय सहयोगको अपेक्षा आफूले बैंक तथा वित्तीय संस्थाबाट गरेको बताउँदै भने– “सुशासन, वित्तीय सुशासन, सुदृढीकरणका लागि सम्झौता गर्न सकिँदैन ।”

निजी क्षेत्रसँग सहजकर्ताको भूमिकामा राष्ट्र बैंकले काम गर्ने र ऐननियम निर्देशिका बनाएर स्वतन्त्र ढङ्गले काम गर्न दिने वातावरण बनाउनुपर्ने मान्यतामा आफू दृढ रहेको उनले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले दिएको निर्देशनलाई बैंक तथा वित्तीय संस्थाहरुले सकारात्मक रुपमा लिएका भएता पनि कृषि उपकरण, सिँचाइ, बीउबिजनजस्ता आधारभूत वस्तुको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रम आयोजक संस्थाका प्रबन्ध निर्देशक हृदयराज गौतमले वित्तीय साक्षरता अभियान गाउँगाउँमा पु¥याउन तथा पूर्वाधार निर्माणमा केन्द्रीय बैंकले सरकारलाई घच्घच्याउनुपर्ने सुझाव दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment