Comments Add Comment

अमेरिकामा धुर्मुसले सरसफाइको सहयोग माग्ने, प्रमोदले क्रिकेटको

dhurmus-suntali-america
नयाँ बर्ष ‘२०७२ धमाका भाग १’ कार्यक्रममा सहभागी हुनका लागि चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे अमेरिका जाने भएका छन् । वल्र्ड बिजनेश मेनेजमेन्ट एण्ड कन्सल्टेन्ट नेपालको सहकार्यमा डब्लुबीएमसी अमेरिकाले त्यहाँका २ दर्जन राज्यमा आयोजना गर्न लागेको कार्यक्रममा उनीहरु सहभागी हुनेछन् ।

उनीहरुले सरसफाई अभियानको चेतनासँगै चारवटा प्रहसन गर्न लागेका हुन् । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कलाकार कुञ्जनाले सरसफाई अभियानको निरन्तरता अमेरिकामा पनि दिने बताएकी छिन् ।

कलाकार सितारामले अमेरिकामा रहेका नेपालीलाई सुदुरपश्चिम क्षेत्रमा रहेका बासिन्दाका लागि चर्पी बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्ने बताएका छन् । कार्यक्रममा गायक प्रमोद खरेलले आफूले अमेरिकामा रहेका नेपालीलाई नेपालको क्रिकेटको विकासका लागि सहयोग गर्न आग्रह गर्ने बताए ।

आयोजकका अनुसार भर्जिनियामा अप्रिल ४ बाट शुरु हुने कार्यक्रम सेटलमा ३० मेमा पुगेर टुंगिनेछ । उक्त सांगीतिक कार्यक्रममा लोकगायक पशुपति शर्मा र गायिका संगीता थापा मगरको समेत सहभागिता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment