Comments Add Comment

ताप्लेजुङका अग्नि पीडितलाई ३ दिनपछि राहत

Taplejung-Rahatरविन भट्टराई 

१२ चैत, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङका अग्नि पीडितलाई सरकारले तीन दिनपछि राहत बाँडेको छ । अग्नि पीडित १ सय ५१ परिवारलाई विहीबार जिल्ला प्रशासन कार्यालयले २४ लाख २१ हजार नगद राहत बाँडेको हो ।

सोमबार फुङलिङको तोक्मेडाँडामा आगलागी भएको थियो । तत्कालका लागि रेडक्रस लगायतका संस्थाले केही राहत बाँडे पनि सरकारको तर्फबाट विहीबार मात्रै राहत वितरण गरिएको हो ।

दैवी प्रकोप उद्धार समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले घर क्षति भएकाको परिवारलाई नगद २० हजारको दरले र प्रभावित परिवारलाई ५ हजारको दरले १३ लाख ५५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।

ताप्लेजुङ नगरपालिकाको तर्फबाट घर पुर्ण क्षति भएकालाई ५ हजार र प्रभावित परीवारलाई ३ हजार गरी जम्मा ५ लाख ३३ हजार रुपैयाँ बाँडेको छ ।

यस्तै जिल्ला विकास समितिले पनि घर पुर्ण क्षति भएकालाई ५ हजार र प्रभावित परीवारलाई ३ हजारको दरले जम्मा ५ लाख ३३ हजार नगद वितरण गरेको छ ।

दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डम्बरु प्रसाद निरौलाले कुल २४ लाख २१ हजार नगद वितरण गरिएको जानकारी दिए ।

४४ करोड क्षति, १५१ परिवार विस्थापित

आगलागिबाट भएको क्षतिको पूर्ण विवरण पनि विहीबार मात्रै निकालिएको छ । आगलागिबाट ४० घरधनिको ४४ वटा घर नष्ट भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

ति घरमा व्यवसाय गरी बस्ने, डेरा गरी बस्ने र कार्यालय सञ्चालन गरी बस्ने सम्पुर्णको कुल ४४ करोड ३० हजार ६ सय मूल्य बराबरको क्षति भएको छ । ४० घर परिवार सहित व्यवसाय र डेरा गरी बस्ने १ सय ५१ परिवार विस्थापित भएका छन् ।

आगलागिबाट २६ सरकारी तथा गैरसरकारी कार्यालय पनि जलेर नस्ट भएका छन् ।

यसअघि जिल्ला दैवि प्रकोप उद्धार समितिले ३५ घर जल्दा घर बाहेक ३० करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको थियो ।

विहीबार सार्वजनिक अन्तिम तथ्यांकमा ५ घर बढि र १४ करोड ३० हजार ६ सय रुपैयाँ बढि क्षति भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment