Comments Add Comment

चैते झरीले उपत्यकाबासीको हरिबिजोग (तस्वीरसहित)

Rain at Kathmandu१२ चैत, काठमाडौं । राजधानीमा विहीबार दिउँसो एक्कासी दर्किएको असिना पानीले सडक जलमग्न भयो । काममा निस्केका मानिसहरु वीचबाटोमै अलपत्र परे ।

ढल निकास राम्रो नभएका कारण सडकमा पानी जमेपछि सडक हो कि खोलो, छुट्याउनै नसकिने अवस्था आयो । असिनाले सडक सेताम्य भयो, रुखका पातहरु भुइँभरि झरे ।

पानी जमेको सडकमा सही बाटो पछ्याउन नसक्दा कारसमेत खाल्डोमा परेको देखियो । पानीसहितको सडकमा फसेको गाडी निकाल्न निकै सास्ती खेप्नुपर्‍यो ।

Rain at Kathmandu 3ढल फुटेर सडकमै बगेपछि दुर्गन्ध फैलिएपछि बटुवाहरु नाक मुख थुनेर हिँड्न बाध्य भए ।

नेपालमा अझै पनि मौसम पूर्वानुमान गर्ने र त्यसअनुसार पूर्वसतर्कता अपनाउने गरिँदैन । यसैको परिणाम चैते झरीमा रुझ्न बाध्य भए धेरै मानिसहरु ।

Rain at Kathmandu (17)मेघ गर्जनसहित असिना पानी दर्केपछि कतिपय गन्तब्यमा जाँदा जाँदै बिच बाटोमै रोकिएर ओत लागे । कतिपय भने आफैले बोकेको झोला टाउकोमा राखेर जोगिने असफल प्रयास गरेका देखिन्थे ।

थप तस्वीरहरू हेर्नुहोस्-

Rain at KathmanduRain at Kathmandu (1)Rain at Kathmandu (2)Rain at Kathmandu (5) Rain at KathmanduRain at Kathmandu2Rain at KathmanduRain at Kathmandu (13)Rain at Kathmandu (15)तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment