Comments Add Comment

रिजाल ग्यास उद्योगलाई एक लाख ७० हजार जरिवाना

१२ चैत,विराटनगर । खाना पकाउने ग्यासको तौलमा ठगी गर्ने रिजाल ग्यास उद्योगमाथि कारबाही गरी विहीबार एक लाख ७० हजार रूपैयाँ जरिवाना गरिएको छ ।

rijalko-gasमोरङको हात्तिमुडामा सञ्चालित रिजाल ग्यास उद्योगले राष्ट्रव्यापी खाना पकाउने ग्यासको अभाव भइरहेको बेला प्रति सिलिन्डर ४०० ग्रामसम्म ग्यास कम भरी उपभोक्तालाई ठगी गरेपछि सो कारबाही गरिएको गुणस्तर तथा नापतौल विभागको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिष दासले जानकारी दिए ।

गत पुस महिनाको अन्तिम सातामा जिल्लाको संयुक्त अनुगमन टोलीले गरेको अनुगमनका क्रममा सो उद्योगका ३६६ ग्यास सिलिन्डर जफत गरी छानबिन गरिएको थियो ।

तर मापदण्डमा नपरेका र ४०० ग्रामसम्म तौलमा कमी रहेका १६५ थान सिलिन्डर र पाँच थान तौलने मेसिन पनि मापदण्डअनुसार नभएपछि कुल रु एक लाख ७० हजार जरिवाना गरिएको बताइएको छ ।

साथै, नापतौल कार्यालयले एलपी ग्यास सिलिन्डरमा हुने ठगी रोक्न सबै डिलरलाई नापतौल यन्त्र राखी तौल गरेर मात्र ग्यास सिलिन्डर बिक्री गर्न तथा उपभोक्तालाई खरिद गर्नसमेत आग्रह गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment