Comments Add Comment

डुमिनी दिल्लीको कप्तानमा नियुक्त

JP-Duminy

दक्षिण अफ्रिकाका अलराउन्डर जेपी डुमिनी दिल्ली डेयरडेभिल्सको कप्तान नियुक्त भएका छन् ।

सन् २०१५ को आइपीएलको संस्करण सुरुहुनु अघि डुमिनी कप्तानमा नियुक्त भएका हुन् । आइपीएल अप्रिल ८ देखि सुरु हुँदैछ ।

यसअघिको संस्करणमा इंग्ल्याण्डका ब्याट्म्यान केभिन पिटरसनले दिल्लीको कप्तानी गरेका थिए ।

दिल्लीले अघिल्लो संस्करणको आइपीएलमा केबल २ खेलमा मात्र जित निकाल्दै पुछारमा रहेको थियो । डुमिनीले दिल्लीको लागि ४१० रन बनाएका थिए ।

यो सिजनका लागि दिल्लीले यूवराज सिंहलाई सबैभन्दा महंगो मूल्य १६ करोडमा किनेको छ । यसअघि यूवराजलाई कप्तानी दिने अनुमान गरिएपनि म्यानेजमेन्टले डुमिनिलाइ कप्तानीको जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment