Comments Add Comment

‘१० टिम हुनु क्रिकेटको अन्त्य हुनु होइन’

Ireland v Zimbabwe, World Cup 2015 AFP

आन्तराष्ट्रिय क्रिकेट काउन्सिलका मुख्य कार्यकारी डेभिड रिचार्डसनले एसोसियट राष्ट्रहरुको क्रिकेट विकासमा आईसीसी प्रतिबद्ध रहेको बताएका छन् ।

सन् २०१९ को विश्वकपमा १० टीम मात्र सहभागी गराउने आईसीसीको निर्णयपछि एशोसिएट टीम नहुने लगभग पक्का भएको छ । तर, आईसीसीले निर्णय पुनर्विचार गर्न सक्ने सम्भावना पनि छ ।

यो विश्वकपमा समेत १० टोलीमात्र समावेश गर्न सुझाव आएका भएपनि क्रिकेटको विकासमा त्यसले बाधा पुग्ने देखेर आईसीसीले १४ टीमलाई खेलाएको रिचार्डसनले बताएका छन् । उनले भने-‘८, १०, १२, १४ वा १६ कति टिम समावेश गरियो भन्दा एसोसिएट सदस्यको क्रिकेट विकास हुन्छ भन्ने बहस हुनुपर्छ ।’

विश्वकपमा केवल १० वटा देश मात्र हुनु संसार समाप्त हुनु नभएको भन्दै उनले आईसीसीले एसोसिएट राष्ट्रको क्रिकेट विकास र उन्नतिको बाटोमा रहेको अवरोध तोडेको दाबी गरे ।

उनका अनुसार विश्वकप क्रिकेट उच्चस्तरको क्रिकेटको प्रतियोगिता होस् भन्ने आफुहरुले चाहेको र यसका लागि सुरुमा १० वटा टिम समावेश गरिने सोच भएपनि टिमको संख्या बढाउँदै लगिने बताए ।

साथै यो विश्वकपमा ब्याटिङ पावर प्लेका कारण बलरमाथि ब्याट्सम्यान धेरै हावी भएका कारण वन डेमा पनि पावर प्लेको नियममा परिवर्तन हुनसक्ने संकेत उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment