Comments Add Comment

को-पाइलटले जानीजानी विमान नष्ट गराएको खुलासा

Brice-Robin

एल्प्स पर्वत श्रृखलामा दुर्घटनाग्रस्त भएको जर्मनविंग्सको विमान को-पाइलटले योजनाबद्द ढंगले दुर्घटना गराएको अनुसन्धानमा संलग्न अधिकारीहरुले दावी गरेका छन् ।

मार्सेका सरकारी अभियोजक ब्राइस रोबिनले ब्लाक बक्सको भ्वाइ रेकर्डबाट प्राप्त जानकारी अनुुसार दुर्घटनाको समयमा ककपिटमा को-पाइलट मात्र भएको बताए ।  पाइलट बाहिर भएको समयमा को-पाइलटले जानी बुझी विमानलाई तल झार्न सुरु गरेको उनले बताएका छन् । को-पाइलटले बिमानलार्इ नष्ट गर्न चाहेको उनीहरूको दावी छ ।

अन्तिमसम्म जीवित थिए को-पाइलट

उनका अनुसार २८ वर्षका को-पाइलटको नाम एन्ड्रियाज लुबिट्ज हुन् । उनी विमान जमिनमा ठोक्किँदासम्म जीवितै थिए ।

The-cockpit-voice-recorder-of-germanwingsमंगलबार बार्सिलोनाबाट डूसेलडार्फका लागि उडेको एयरबस ३२० विमान दुर्घटना हुँदा १५० जनाको मृत्यु भएको थियो । दुर्घटनाअघि विमान स्वभाविक उचाइबाट तीव्र गतिमा आठ मिनेटसम्म तल झरेको थियो ।

रोविनले भने-हामीले पाइलटले को-पाइलटलाई विमान नियन्त्रणमा लिन भनेको सुन्यौं । त्यही बेला सिट पछि लगेको र ढोका बन्द गरेको आवाज आएको छ ।’

रोबिनका अनुसार उक्त समयमा को-पाइलटले पूर्ण रुपमा बिमान नियन्त्रणमा लिएका थिए । एक्लै भएपछि उनले विमानलाई तल लैजान फ्लाइट मोनिटरिङ सिस्टमको बटम समेत दबाएका थिए ।

उनले भने-‘उचाई नियन्त्रण गर्ने यो कारबाही जानी बझेर मात्र गरिन्छ ।’ को-पाइलटले पाइलटलाई भित्र आउन नदिन ढोका नखोल्नुले पनि जानी बुझी नै दुर्घटना गराएको प्रष्ट हुने उनले बताए ।

आतंकवादीसँग सम्वन्ध !

विमान तल झार्नुको कारण प्रष्ट नभए पनि उनले विमान नष्ट गर्न चाहेको अनुमान गरिएको रोबिनको दाबी छ ।

एयर ट्राफिक कन्ट्रोलरले विमानसँग सम्पर्क गर्ने धेरै प्रयास गरेको थियो । तर, केही उपाय लागेन । तर, रोबिनले को-पाइलटको कुनै चरमपन्थी वा आतंकवादी समूहसँग सम्वन्ध भएको जानकारी नरहेको बताए ।

जर्मन अधिकारीहरुले को-पाइलटका पृष्ठभूमि र निजी जीवनबारे जानकारी दिने फ्रान्सेली अधिकारीहरुको विश्वास छ ।

यो पनि पढ्नुस् 

एयर बस दुर्घटना : त्यो अन्तिम आठ मिनेट ….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment