Comments Add Comment

बुढाबुढीलाई बाटोमा नाच्न सरकारको बन्देज

dance

सार्वजनिक स्थान तथा खुल्ला ठाउँहरुमा भेला भएर नाच्नु अर्थात् पब्लिक स्क्वाएर डान्सिङ चीनका पाका मान्छेहरुको लोकपि्रय दैनिकी हो । पाको उमेरका महिला जसलाई दामास भनिन्छ उनीहरु सार्वजनिक खुल्ला स्थानमा जम्मा भएर चर्को गीत बजाउँदै नाचगान गर्ने, रमाइलो गर्ने र दिन कटाउने गर्छन् । तर विचरा उनीहरुको यो स्वतन्त्रतामाथि अब अंकुश लाग्ने देखिएको छ ।

बुढाबुढीहरु चर्को आवाजका साथ गीत बजार जतिबेला सुकै नाच्न थालेपछि निकै डिस्टर्ब भएको भन्दै स्थानीय बासिन्दाहरुले गुनासो गरेपछि सरकारले बुढाबुढीको यस्तो नाचमा कडाइ गर्ने भएको हो ।

चाइना डेलीका अनुसार अधिकारीहरुले यो सार्वजनिक नाचलाई नियमन गर्ने तथा नाचको ढाँचा समेत तय गर्ने अर्थात् कोरियोग्राफी गर्ने विषयमा कदम चाल्दैछन् ।

समाचार अनुसार सार्वजनिक स्थानमा सामूहिक नाच नाच्न चाहनेहरुले अब सरकारले स्विकृत गरेका विभिन्न १२ वटा समयतालिकाको पालना गर्नुपर्नेछ ।

चीनको संस्कृति मन्त्रालयको खेलकुद सम्बन्धि सामान्य प्रशासन विभागका अधिकारीका अनुसार स्क्वाएर डान्सिङ चिनिया संस्कृतिको सामूहिक पहिचानको रुपमा रहेको भएपनि पछिल्लो समयमा मानिसहरु यो विषयमा बढि उत्सुक हुँदै गएपछि ठाउँ र होहल्लाको विषयले विवाद सिर्जनागर्न थालेको छ र त्यहीँ भएर सरकारले राष्ट्रिय नियम र मापदण्डका आधारमा त्यसलई निर्देश गर्दैछ ।

सार्वजनिक स्थानमा गरिने सामूहिक नाचमा कस्तो खाले नाच नाच्ने भन्ने विषयमा कोरियोग्राफी गर्नका लागि ६ सय जना कोरियोग्राफरलाई तालिम समेत दिइएको छ ।

कहिले र कहाँ नाच्न दिने र नाचगान गर्दा गीतसंगीतको आवाज कत्रो सम्म बनाउन पाइने भन्ने विषयको विस्तृत विवरण सरकारले छिटै सार्वजनिक गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment