Comments Add Comment

आउँदैछ पानी दिने एटिएम, कार्ड छिराउने पानी थाप्ने

waterएटिएम भन्ने बित्तिकै पैसा चाहेको बेला कार्ड छिराएर ह्वार्र पैसा निकाल्न सकिने बैंकघर भन्ने बुझिन्छ । तर अब एटिएम यत्तिमा मात्र सिमित रहेन । एटिएमले पैसा मात्र होइन अब पानी समेत दिने भएको छ ।

भारतको उत्तरप्रदेशको मथुरामा पानी दिने एटिएम स्थापना गर्न लागिएको छ । पानीको अभावमा काकाकुल जस्तै बनिरहेको मथुराको सोंख गाउँमा पानी शुद्धिकरण समेत गर्ने प्रविधि सहितको पानी एटिएम स्थापना गर्न लागिएको हो ।

उत्तर प्रदेशमा पहिलोपटक राख्न लागिएको यस्तो उपकरण उच्च क्षमताको हुनेछ र एउटा एटिएमले २५ सय परिवारलाई पानीको आपूर्ति गर्न सक्नेछ ।

यो पानी एटिएम मेसिनबाट पानी लिन चाहने उपभोक्ता गाउँलेहरुका लागि एउटा पि्रपेड कार्ड उपलब्ध गराइनेछ । यो मेसिनबाट पानी लिँदा प्रति लिटर १० देखि २० पैसा सम्म तिर्नुपर्नेछ भने विद्यार्थीहरुले निशुल्क रुपमा पानी पाउनेछन् ।

सरकारी अधिकारीहरुका अनुसार २० हजार लिटर क्षमताको यो मेसिन स्थापना गर्न झण्डै २० लाख भारु खर्च हुनेछ । अहिलेसम्म यो परियोजनाको ८० प्रतिशत काम पूरा भैसकेको र केही हप्ताभित्रैमा पानी एटिएम संचालन गरिसक्ने योजना रहेको छ । यो एटिएम बाट वितरण हुने पानी पूर्ण रुपमा स्वस्थ, चिसो तथा पिउन योग्य रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment