Comments Add Comment

सरकारले ९ हजार सवारीको तेस्रो बिमा गरेन

१३ चैत, काठमाडौ । कानून बनेको २२ वर्ष हुँदा पनि सरकारी कार्यालयले अहिलेसम्म तेस्रो पक्षीय बिमा गरेका छैनन् । बिमा बिनै अहिले सडकमा करिब ९ हजार सरकारी गाडी गुडिरहेका छन् ।
sarkari-gadi
यातायात ब्यवस्था ऐन ०४९ ले सडकमा गुड्ने सवारी साधनको अनिवार्य तेस्रो पक्षीय बिमा गर्नुपर्ने तोकेको छ । ऐन आएको १७ वर्षपछि (०६६ भदौमा) सरकारले आफू मातहतमा हरके निकायलार्य बिमा अनिवार्य गरेको थियो । तर, अहिलेसम्म कुनै निकायले पालना गरेका छैनन् । जबकि ब्यवसायिक तथा निजी प्रयोजनका सवारी तेस्रो पक्ष बिमा नगरी सडकमा गुड्न पाउँदैनन्, कारोबार दैनिकमा खबर छ ।

एनको दफा १५२ मा भनिएको छ, ‘सवारी दुर्घटनाबाट कुनै तेस्रो पक्ष वा निजको कुनै सम्पत्ति कुनै किसिमले नोक्सान भए त्यसको क्षतिपूर्ति दिने प्रयोजनका लागि सवारी धनी तथा ब्यवस्थापकले तोकिएको रकमको तेस्रो पक्ष बिमा गराउनुपर्छ ।’

आव ०६९/७० सम्म सरकारसँग ४६९७ मोटरसाइकल, १२५ जिप, ७५० पिकअप भ्यान, ६६२ ट्रक/लहरी/कन्टेनर, ६३० कार र २१६३ अन्य गाडी छन । मोटरसाइकलको तेस्रो पक्ष बिमाका लिागि सीसीअनुसार वाषिर्क एक हजारदेखि १३३५ रुपैयाँसम्म लाग्छ । त्यस्तै, चारपाङ्ग्रे सवारीको पनि सीसीअनुसार ३ हजारदेखि ५५ सय रुपैयाँसम्म छ । ठूला सवारीका लागि करिब १२ हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment