Comments Add Comment

शुक्रबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट शुक्रबार प्रकाशित आर्थिक क्षेत्रका सवैजसो दैनिक पत्रिकाहरुले सरकारद्वारा ऊखुको मूल्य निर्धारण तथा लेखापरीक्षकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको खबर छापेका छन् ।

कारोबार दैनिकमा प्रहरी र सशस्त्रका मेसमा ‘अनियमितता’, ९ हजार सरकारी गाडी तेस्रो पक्ष बिमाबिनै सडकमा, ऊखुको मूल्य प्रतिक्विन्टल ४६१, गुण्डागर्दीका कारण ठेक्का ई-बिडिङ्मा, आईक्यानद्वारा क्षेत्रगत लेखापरीक्षकको पारिश्रमिक निर्धारण, मेलम्चीका लागि मन्त्रीस्तरीय समिति बन्ने लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा लक्षित समयअघि नै नेपाल विकासशील राष्ट्र बन्ने, ग्राउण्ड हृयाण्डलिङ वर्गीकरण गरिँदै, बहराइनका श्रम बजार नियामक नेपाल आउँदै, उपभोक्ता ठग्ने ग्यास उद्योग कारबाहीमा, ऊखु किसानले निकाले नाङ्गो जुलुस लगायतका खबर छन् ।

नागरिक दैनिकमा पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी, श्रम बैंकमा अर्थको सहमति, सेज निजी क्षेत्रले पनि सञ्चालन गर्न सक्ने, उखु क्वीन्टलको चार सय ६१ रुपैयाँ, लेखापरीषकको पारिश्रमिक निर्धारण, कुलेखानी तेस्रो अझै अनिश्चित लगायतका खबर छन् ।

अभियान दैनिकमा लेखापरीक्षकको न्यूनतम पारिश्रमिक निर्धारण, मासु निर्यात ६ वर्षमा साढे ६ गुणा वृद्धि, पहिलो सलाइन उद्योग एक वर्षभित्र सञ्चालन, कच्चा पदार्थ अभावमा मासु उद्योग संकटमा, ऊखुको मूल्य प्रतिक्वीन्टल ४६१, कोहलपुरलाई ग्रीन सिटी बनाउन गुरुयोजना, तेलको भाउमा ६ प्रतिशत वृद्धि लगायतका खबर छन् ।

आर्थिक दैनिकमा सहकारी बैंकका प्रबन्धसञ्चालक उप्रेती ‘क्यानाडाका मल्टिपल भिसा’बाहक, नेपालको कर राजस्व र कुल गर्हस्थ उत्पादन अनुपात दक्षिण एसियामै उच्च, चिनी उद्योगद्वारा भ्याट फिर्ताको दुरुपयोग, भिसा प्रोसेसिङ विदेशी कम्पनीलाई दिन लागेकोमा सरकारको आलोचना, पहिलो पटक लेखापरीक्षकको न्यूनतम पारिश्रमिक निर्धारण, विशेष आर्थिक क्षेत्र सञ्चालनका लागि ऐन ल्याउने तयारी लगायतका खबर छन् ।

eco1

eco2

eco3

eco4

eco5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment