Comments Add Comment

राष्ट्र संघले माग्यो कंगोमा थप नेपाली बटालियन

१३ चैत, काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेनाका रुपमा गरेको कामप्रति सन्तुष्ट रहँदै आएको संयुक्त राष्ट्र संघले मध्य अफ्रिकी मुलुक कंगोमा थप एक बटालियन नेपाली सेना थप गर्ने तयारी गरेको छ ।

congo

केही समयअघि राष्ट्रसंघको मुख्यालयले नेपाल सरकारलाई पत्र लेख्दै शान्ति सेनाका रुपमा काम गर्न एक बटालियन नेपाली सेना पठाइदिन आग्रह गरेको नेपाल समाचारपत्रमा खबर छ ।

सरकारले कंगो मिसनमा शान्ति सेनाका रुपमा काम गर्न नेपाली सेना तयार भएको जवाफ पठाएपछि राष्ट्र संघको सुरक्षा परिषद्मा अहिले नेपालबाट एक बटालियन शान्ति सेना थप गर्ने प्रस्ताव अन्तिम चरणमा पुगेको एक उच्च अधिकारीले जानकारी दिए ।

लामो समयदेखि जातीय द्वन्द्वमा फसेको कंगोमा अहिलेसम्म २० लाख ८३ हजारभन्दा बढी कंगोलीहरुको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment