Comments Add Comment

स्वीस बैंकमा कालो धन राख्ने ६ नेपाली सरकारको सम्पर्कमा

१३ चैत, काठमाडौ । अवैध रुपमा सम्पत्ति आर्जन गरी स्वीस बैंकमा लुकाएर राख्ने नेपाली सरकारको सम्पर्कमा आउन थालेका छन् । सम्पत्ति सुद्धीकरण तथा अनुसन्धान विभागले छानविन सुरु गरेलगत्तै उनीहरु सम्पर्कमा आउन थालेका छन् ।

nepali-noteब्यवस्थापिका संसदको अर्थ समितिले स्वीस बैंकमा सम्पत्ति लुकाएर राख्ने नेपालीको छानबिन गर्न निर्देशन दिएपछि सम्पत्ति सुद्धीकरण तथा अनुसन्धान विभागले यस विषयमा छानबिन सुुरु गरेको थियो ।

विभागले छानबिन सुरु गरेपछि स्वीस बैंकमा लगेर पैसा राख्ने नेपालीहरु सम्पर्कमा आउने क्रम सुरु भइसकेको विभागका महानिर्देशक केवलप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार विभागले सरोकारवाला सवै निकायसँगको समन्वय र सहकार्यमा छानविन सुरु गरेको राजधानी दैनिकमा खबर छ ।

महानिर्देशक भण्डारीका अनुसार स्वीस बैंकमा पैसा राख्ने विभिन्न १२ नेपालीको खोजी तथा छानबिन भइरहेकोमा हालसम्म ६ जनाको विवरण प्राप्त भएको छ । ती ६ जना नै विभागको सम्पर्कमा आइसकेको उनले बताए ।

स्वीस बैंकमा पैसा राखेको चर्चा आए पनि सम्पर्कमा आइनसकेका अन्य ६ जनाबारे अनुसन्धान भइरहेको र छिट्टै त्यसको यथार्थ जानकारी पत्ता लाग्ने उनले बताए । सम्पर्कमा आइसकेको ६ जनाको नाम खुलाउन भने उनले चाहेनन् ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाई स्रोतअनुसार सम्पर्कमा आउनेमा उद्यमी/ब्यापारीको संख्या बढी छ । त्यसमा चर्चित उद्योगपतिहरुसमेत रहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment