Comments Add Comment

जहाज उडानमा नयाँ सुरक्षा नियमबारे बहस सुरु

co poilet
सहचालक एन्ड्रीयाज लुबिज

१३ चैत, काठमाडौं । जर्मन विङ्ग्सको विमान सहचालकले जानी जानी दुर्घटना गराएको खुलासा भएपछि वायुसेवा प्रदायक कम्पनिहरुले विमान चालक बस्ने ककपिटमा हरेक समय दुई जना बस्नै पर्ने नयाँ नियम बनाउने तयारी गरेका छन् ।

१५० जनाको ज्यान जाने गरी भएको एयर बस ए ३२० विमान दुर्घटना पछि नयाँ सुरक्षा नियमबारे छलफल सुरु भएको हो । जर्मनी र अन्य कैयौं देशका वायुसेवा प्रदायक कम्पनिहरुले नयाँ सुरक्षा नियमबारे बहस चलाएको बीबीसीले जनाएको छ ।

सहचालकले जानी जानी विमान ठोक्काए

फ्रन्सेली अधिकारीहरुका अनुसार जर्मन विङ्ग्स विमानका सहचालक एन्ड्रीयाज लुबिजले चालक बाहिर निस्किएको मौकामा भित्रबाट ढोका बन्द गरी विमानलाई एलप्स पहाडमा ठोक्काएका थिए । त्यतिबेला विमानमा पूरै सन्नाटा छाएको र चालक ककपिट भित्र पस्न निकै संघर्ष गरेको पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । विमान जमिनमा ठोक्किनु अघि यात्रुहरुले चिच्याउँदै सहायता मागेका थिए ।

दुर्घटनास्थलमा फेला परेको फ्लाइट डाटा रेकर्डरको अनुसन्धानबाट यो तथ्य बाहिर आएको हो ।

जर्मनविङ्ग्सको यो दुःखद दुर्घटना एक प्रकारको नरसंहार र आतंकवादी गतिविधि जस्तो देखिएको अधिकारीहरुले बताएका छन् । तर, जर्मनीका ति सहचालकको घरमा पुगेर अनुसन्धान गर्दा विमान दुर्घटना गराउनुको कारण भने खुलेको छैन । सहचालक लुबिजको कुनै आतंकवादी समुहसँगको संलग्नता पनि पुष्टि हुन सकेको छैन ।

लुपथांसाका प्रमुख कार्यकारी कार्टसन सफरले सुरक्षा अवस्था जतिसुकै राम्रो भए पनि गलत नियत भएका चालकलाई भने रोक्न नसकिने प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment