Comments Add Comment

फ्राइडे रिलिजः सौगात, जीवन र ज्याकी च्याङको प्रतिस्पर्धा हुने

nepali-movie-sadanga

काठमाडौं । आजदेखि काठमाडौंका हलमा सौगात मल्ल, जीवन लुईँटेल र ज्याकी च्याङविच प्रतिस्पर्धा हुने भएको छ । आजदेखि नेपाली चलचित्र भुलभुलैया र षडङ्ग तथा अंग्रेजी फिल्म ‘ड्रागन ब्लेड’ प्रदर्शन हुने भएको छ ।

योगेश घिमिरे निर्देशित ‘भुलभुलैया’ प्रेमकथामा आधारित छ । यस चलचित्रमा जीवन लुइर्ँटेल, सोहित मानन्धर, नीता ढुंगाना, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

सुरज सुनुवार निर्देशित ‘षडङ्ग’ मा सौगात मल्ल, पि्रयंका कार्की, अनुप बराल, विजय लामा लगायतका कलाकारले अभिनय गरेका छन् । एउटा ग्याङस्टारको उत्थान र पतनको कथा समेटिएको छ यस फिल्ममा ।

भुलभुलैया र षडङ्ग फरक बिधाका चलचित्र भएकाले एउटा फिल्मको मार अर्कोमा पर्ने सम्भावना कम छ । दुबै फिल्मले आफ्नै वलबुताले दर्शक आकषिर्त गर्नुपर्ने छ ।

हिस्टोरिकल एक्सन ‘ड्रागन ब्लेड’ मा ज्याकी च्याङ, जोन कुसाक र एडि्रन ब्रोडीको मुख्य भुमिका रहेको छ । डेनियल लीले यस फिल्मको निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment