Comments Add Comment

आफ्नै फिल्ममा करिश्माको भूमिका कमजोर, राजेश हमाल अतिथि मात्र

fagu

काठमाडौं । फिल्म नचलेर निराश हुँदै अमेरिका पलायन भएकी करिश्मा मानन्धर नेपाल फर्किएर एक दशकपछि फेरि फिल्म लिएर आउँदैछिन् । आफैले निर्माण गरेको फिल्म ‘फागू’ को हालै सुटिङ सकिएको छ । तर, फिल्ममा करिश्मा आफै निकै कमजोर भूमिकामा छिन् ।

सम्झना रौनियारको निर्देशन रहेको यस चलचित्रमा करिष्मा पति बिनोद मानन्धर पनि छोटो भुमिकामा देखिएका छन् । राजेश हमाल पनि अतिथि कलाकारका रुपमा प्रस्तुत भएका छन् ।

‘करिष्मालाई सुहाउने भुमिका नै थिएन त्यही कारण उहाँ निमात्री मात्रै हुनु भयो ।’ निर्देशक रौनियारले अनलाईनखबरसँग भनिन् ।

fagu-2

फिल्म निर्माणको विषयमा कथा पनि पुरा नसुनी करिष्माले ओके गरेकी थिईन् । निर्देशक रौनियारको भनाई अनुसार एउटा ब्यबसायिक कलाकारमा हुनुपर्ने सबै गुण छ करिष्मामा ।

अलि अलि त हस्तक्षेप भयो होला नि ? सम्झना हाँस्दै भन्छिन् ‘सुटिङमा त सधै आउनुहुदैनथ्यो, के को हस्तक्षेप गर्नु ?’ करिष्मासँग बीस वर्ष अगाडी चिनाजानी भएपनि क्यामेराको उनीहरु आमन्ने समान्ने पहिलो पटक भएका हुन् ।

काठमाडांैमा आयोजना भएको दुईटा अवार्डमा भने सम्झनाले करिष्मालाई नचाएकी थिईन् । यसमा शिल्पा पोखरेल, गौरी मल्ल, सुभाष पराजुली, प्रमोद अग्रहरी लगायतको मुख्य भुमिका रहेको छ ।

गौरीको भुमिका लामो छ भने गौरीलाई अभिनयको प्रस्ताव करिष्माले नै गरेकी थिईन् ।

fagu-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment