Comments Add Comment

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्वीन्टल ४६१ रुपैयाँ

१३ चैत, काठमाडौं । सरकारले चालु सिजनका लागि उखुको मूल्य निर्धारण गरेको छ । उद्योग मन्त्रालयले उखुको प्रवर्द्धन मूल्यसहित प्रतिक्वीन्टल ४ सय ६१ रुपैयाँ तोकेको जनाएको छ ।

ukhuसरकारले क्वीन्टलमा गत वर्षभन्दा १५ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको छ । गत वर्ष उखुको मूल्य प्रतिक्वीन्टल ४ सय ७६ रुपैयाँ तोकिएको थियो ।

उद्योग मन्त्रालयले कृषि विकास मन्त्रालयसँग समन्वय गरी नेपाल उखु उत्पादक संघ, नेपाल चिनी उद्योग संघ लगायत सरोकारवाला पक्षसँग छलफल गरी मूल्य निर्धारण गरेको जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको फागु १४ गते बसेको बैठकले उद्योग मन्त्रालयलाई उखुको मूल्य निर्धारणका लागि जिम्मेवारी दिएको थियो । उद्योग मन्त्रालयले तोकिएको मूल्यमा उखु खरिद बिक्री गर्न सम्बन्धीत पक्षलाई आग्रह गरेको छ ।

आगामी सिजनमा उखु उत्पादन प्रवर्द्धन खर्च उपलब्ध नगराउने उद्योग मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment