Comments Add Comment

शिक्षण अस्पतालका आवासीय चिकित्सकले काम छाडे

१३ चैत, काठमाडौ । स्वास्थ्य क्षेत्र सम्बन्धी १० सूत्रीय माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा महाराजगञ्जका आवासीय चिकित्सकहरुले अोपिडी सेवा शुक्रबारदेखि बहिस्कार गरेका छन् ।
Teaching-hospitalडा. केसी स्वास्थ्य क्षेत्रमा बढेको माफियातन्त्रको विरोधमा आइतवारदेखि आमरण अनसनमा बसेका छन् ।

यसअघि पनि उनी सोही मागहरु राख्दै चारपटक अनसनमा बसिसकेका छन् । उनको माग पूरा गरिदिने भन्दै सहमति गरिए पनि कार्यान्वयन नभएको भन्दै पाँचौ पटक अनसनमा बसेका हुन् ।

केसीको मागप्रति सरकार उदासिन भएको भन्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका उनीहरु शुक्रवार ओपीडी सेवामा सहभागी नभएपछि वरिष्ठ चिकित्सकहरूलार्इ काममा खटाइएको छ । अस्पताल प्रशासनले भने सेवा बन्द नहुने भन्दै विहानैदेखि ओपीडी सेवाका लागि टिकट विक्री गरिरहेको छ ।

करिब २ सयको सङ्ख्यामा रहेका आवासीय चिकित्सकहरुले सेवा दिन इन्कार गरेपछि विभागीय प्रमुखहरुबीच अस्पताल प्रशासनमा छलफल चलिरहेको छ । विभागीय प्रमुखहरुसँग छलफल गरी अस्पतालका सवै सेवा सूचारु गराउनेबारेमा पहल भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

केसीको स्वास्थ्य कमजोर

आइतवारदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । केसीको स्वास्थ्य अवस्था कमजोर हुँदा पनि सरकारको तर्फबाट भने उनको अनसन तोडाउनका लागि कुनै पहल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment