Comments Add Comment

सकियो ‘पार्सल’, लाहुरेको कथामामा चलचित्र

parsal-film
लाहुरेहरुले विदेशबाट घर पठाउने गरेको पार्सलको विषयमा पूर्वमा चलचित्र निर्माण भएको छ । पूर्वमा अधिकांश छायाँकन भएको नेपाली चलचित्र ‘पार्सल’को छायाँकन सकिएको छ ।

सत्तरी लाख लगानी भएको बताईएको ‘पार्सल’को काठमाडौको एयरपोर्टदेखी पूर्वको पाथीभरा मन्दिर, चतरा, इलाम,धरान, महेन्द्रनगर लगायतका पर्यटकीयस्थलमा छायाँकन भएको थियो । विहिबार धरानमा पत्रकार सम्मेलन गर्दै निर्माणपक्षले दिएको जानकारी अनुसार तीन महिनामा चलचित्र रिलिज गरिने छ ।

धरानका रविन श्रेष्ठको डेब्यु निर्देशन रहेको ‘पार्सल’मा सिंगापुर प्रहरीका इन्स्पेक्टर प्रभु श्रेष्ठ नायक र सृजना फागो लिम्बुले नायिकाका रुपमा अभिनय गरेका छन् । ४१ दिनमा छायाँकन सकिएको चलचित्रमा विक्रम सिंह, सोनु जयन्ती, प्रेसिका निरौला, पुजा तामाङ, किशोर सम्बाहाङ्फे लगायतले अभिनय गरेका छन् ।

युवराज राईको छायाँकन रहेको ‘पार्सल’को सह-निर्देशन बसन्त अधिकारीले गरेका छन् । रोश्नी चलचित्र प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको ‘पार्सल’को लेखन नायक प्रभु श्रेष्ठले नै गरेका हुन् । चलचित्रमा सिंगापुर प्रहरी, हङकङमा कार्यरत नेपाली र धरानेहरुको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment