Comments Add Comment

गर्मीसँगै सुरु भयो काठमाडौं फनभ्याली

Kathmandu-Funvalley

१३ चैत, काठमाडौं । गर्मी मौसम सुरु भएसँगै काठमाडौंको सवैभन्दा ठूलो फनपार्क ‘काठमाडौं फन भ्याली’ आजदेखि सुरु भएको छ ।

जाडो मौसममा बन्द रहेको काठमाण्डौ फनभ्याली आजदेखि सुचारु हुन लागेको फनभ्यालीका प्रबन्ध निर्देशक दिनेश गिरीले जानकारी दिए ।

सूर्यबिनायकबाट ४ किलोमिटर टाढा भक्तपुरको पलाँसेमा रहेको फनभ्यालीमा स्वीमिङसँगै बिभिन्न मनोरन्जनका सुबिधाहरु उपलब्ध छन् ।

सेवा सुरु भएको अबसरमा फनभ्यालीले पहिलो पाँच सय जनालाई प्रवेश शुल्कमा ७५ प्रतिशत छुट दिने घोषणा गरेको छ । पहिलो दिन सेवा लिने बाँकी उपभोक्तालाई ५० प्रतिशत छुट दिइने छ ।

बालबच्चाका लागि स्कूल, मन्टेश्वरी र कर्पोरेट प्याकेजसमेत ब्यबस्था गरिएको छ । फनभ्यालीको सेवा लिनका बयश्कका लागि प्रतिदिन ६ सय रुपैयाँ र बालबच्चाका लागि ४ सय रुपैयाँ शुल्क लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment