Comments Add Comment

‘मिस नेपाल’का प्रतिस्पर्धी प्रशिक्षणमा व्यस्त

miss-nepal
‘मिस नेपाल’को २० औं संकरण नयाँ बर्ष २०७२ को  वैशाख ४ गते होटल अन्नपुर्णमा आयोजना हुँदैछ । बेलुकी ७ बजेर ३० मिनेटबाट सुरु हुने कार्यक्रमबाट नेपालले नयाँ मिस नेपाल पाउनेछ ।  ‘मिस नेपाल’मा प्रतिस्पर्धा गरेर आफ्नो भाग्य चम्काउन विभिन्न स्थानबाट काठमाण्डौ आएका सुन्दरीहरु लागिपरेका छन् । उनीहरु अहिले विभिन्न प्रशिक्षणमा व्यस्त छन् ।

यस वर्षको प्रतियोगितामा ललितपुर, तनँहु, सिरहा, रुपन्देही, कास्की झापा, चितवन र सुनसरीका सुन्दरीहरुले सहभागीता जनाएका छन् । कतिपय स्थानिय सौन्दर्य प्रतियोगीतमा उपाधी जितेका सुन्दरीहरु पनि प्रतियोगितामा सहभागी भएका छन् ।

रेबिका क्षेत्री, पूजा श्रेष्ठ, मेधा कोईराला, सृष्टी भट्टराई, सुजाता खनाल, सुदिपा पाठक, पि्रयारानी लामा, रिता केसी, सोनु थापा मगर, अनु खड्का प्रतियोगितामा सहभागी छन् । त्यस्तै निश्मा चौधरी, प्रसंसा पराजुली, नुनिन लिम्बु, स्नेहा पौडेल, कृपा न्यौपाने, एसिना पौडेल, इभाना मानन्धर, दुर्गा गुरुङ, दिब्यता वैद्य प्रतिस्पर्धामा सहभागी छन् ।

प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कार पाउनुको साथै ‘डब्लुडब्लुएफ’को सद्भावना दुत हुनेछिन् । साथमा उनले ‘मिस वल्र्ड’मा पनि भाग लिने अवसर पाउनेछिन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ६० र ४० हजार नगद पुरस्कार पाउनेछन् । अन्य टाईटल विजेताले १५ हजार पुरस्कार पाउने भएका छन् ।

प्रतियोगितामा सहभागी सुन्दरीहरुलाई कोरियोग्राफर रचना गुरुङ शर्मा र पूर्व मिस नेपाल माल्भिका सुब्बाले कुपण्डोल स्थित ‘द हिडन ट्रेजर’को कार्यालयमा  प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा सहभागीलाई पूर्व मिस नेपाल श्वेता सिंह, प्रिती सिटौला, सदीक्षा श्रेष्ठ मलिना जोशी, सृष्टी श्रेष्ठ, इशानी श्रेष्ठ र सुबिन लिम्बुले विभिन्न विषयमा प्रशिक्षण दिने भएका छन् ।

तस्बिर : मिस नेपालको वेभसाइट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment