Comments Add Comment

नायिकाको मोबाइल हराएपछि सार्वजनिक भयो अश्लिल भिडियो

नव-नायिका सुचित्रा आचार्य
नव-नायिका सुचित्रा आचार्य

काठमाण्डौ । अष्ट्रेलियामा रहँदै आएकी नव-कलाकार सुचित्रा वास्कोटा आचार्यले आफ्नो मोबाइल हराएको स्टाटस फेसबुकमा लेखे लगतै दुई वटा अश्लिल भिडियो सार्वजनिक भएको छ ।

अनलाइनखबरलाई प्राप्त भएको २ वटा भिडियोमा एउटामा चलचित्र ‘जंग बहादुरको कोर्ट’का निर्माता योगेन खड्काको अश्लिल क्रियाकलाप छ । जसमा उनी कुनै यूवतीसँग स्काइपमा कुरा गर्दै आफ्नो गोप्य अंगलाई चलाइरहेका छन् ।

यस्तै, अर्को एक भिडियोमा पनि कलाकार सुचित्रा आचार्यका श्रीमान् छन् । यो भिडियोमा पनि सुचित्राका श्रीमान्ले आफ्नो गोप्य अंगलाई स्काइपको क्यामेरा अगाडि बसेर चलाइरहेका छन् । यो भिडियो दुई पुरुषसँग स्काइपमा कुरा गर्ने महिलाले मोबाइलमा सुरक्षित गरेको हुनसक्छ । यो भिडियो दुबै पुरुषको फेक आइडीबाट सार्वजनिक भएको छ ।

नव-नायिका सुचित्रा आचार्यको नामबाट तयार भएको फेक आइडी । जहाँबाट उनको श्रीमान्को अश्लिल भिडियो सार्वजनिक भएको हो ।
नव-नायिका सुचित्रा आचार्यको नामबाट तयार भएको फेक आइडी । जहाँबाट उनको श्रीमान्को अश्लिल भिडियो सार्वजनिक भएको हो ।

योगेन्द्र खड्का नामको फेसबुकको फेक आइडीबाट सार्वजनिक गरिएको भिडियोमा निर्माता योगेन खड्का नै भिडियोमा देखिएका छन् । फेक आइडीमा ‘मेरो गोप्य भिडियो सार्वजनिक भयो’ भन्दै लेखिएको छ । निर्माता खड्काको फेसबुक आइडी भने अहिले बन्द छ ।

निर्माता योगेन खड्काको नामबाट तयार भएको फेक आइडी । यही आइडीबाट उनको अश्लिल भिडियो सार्वजनिक गरिएको हो ।
निर्माता योगेन खड्काको नामबाट तयार भएको फेक आइडी । यही आइडीबाट उनको अश्लिल भिडियो सार्वजनिक गरिएको हो ।

यस्तै, सुचित्रा बास्कोटाको फेक आइडीबाट उनको श्रीमान्को अश्लिल क्रियाकलाप देखाइएको छ । यो आइडी पनि अहिले डियक्टिभ छ ।suchitra-id

फेक आइडीबाट यस्ता भिडियो सार्वजनिक भएपछि अहिले सुचित्रा बाहेक सबैले आफ्नो आइडीलाई बन्द गरेका छन् । यो भिडियो कसले सार्वजनिक गर्‍यो भन्ने खुलेको छैन । कलाकार सुचित्रा आचार्यले भने आफूले अष्ट्रेलियाकै प्रहरीमा उजुरी हालेको बताएकी छिन् ।

आफ्नो फेक आइडी बनाएर कसैले भिडियोलाई सम्पादन गरेर सार्वजनिक गरेको भन्दै सुचित्राले फेसबुकबाट जानकारी दिएकी छिन् ।
आफ्नो फेक आइडी बनाएर कसैले भिडियोलाई सम्पादन गरेर सार्वजनिक गरेको भन्दै सुचित्राले फेसबुकबाट जानकारी दिएकी छिन् ।

सुचित्राका श्रीमान् निरञ्जन बास्कोटा हुन् । उनको एक छोरी पनि छिन् । सुचित्राले भने भिडियोका बिषयमा औपचारिक रुपमा केही बताएकी छैनन् । सुचित्राले आफ्नो नामबाट नक्कली आइडी बनाएर कसैले भिडियो सम्पादन गरेर सार्वजनिक गरेको भन्दै कसैलाई पनि उक्त आइडीबाट आएको मित्रताको आग्रहलाई स्विकार नगर्न भनेकी छिन् । अनलाइनखबरसँग दुबै पुरुषका अश्लिल क्रियाकलापको  भिडियो सुरक्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment