Comments Add Comment

‘शिखर’मा धवन, बलिङमा उमेश अब्बल

लगातार दोस्रो पटक विश्वकप क्रिकेटको उपाधि जित्ने भारतको सपना अधुरै रहृयो । सेमिफाइनलमा अष्ट्रेलियासँगको ९५ रनको हारपछि भारत बाहिरिएको छ ।

तर, यो विश्वकपमा केही भारतीय खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहृयो । भारतले क्वार्टरफाइनलसम्मका सबै खेल मात्र जितेन, सबै विपक्षीलाई अलआउट गर्‍यो ।

भारतीय बलरहरुले आठ खेलमा ७७ विकेट लिए भने भारतले १९७९ रन बनायो । कस्तो रह्यो त भारतीय खेलाडीहरूको प्रदर्शन ?

ओपनिङ जोडीको कमाल 

dhawan-and-rohit

विश्वकप सुरु हुनुअघिसम्म भारतको प्रदर्शन यस्तो राम्रो होला भन्ने धरैले अनुमान गरेका थिएनन् । उसले अष्ट्रेलिया भ्रमणका क्रममा सबै खेल हारेकाले पनि विश्वकपमा उसको प्रदर्शनमाथि प्रश्न उठेको थियो ।

तर, ओपनर शिखर धवनले कमाल गरे । विश्वकपको यो संस्करणमा ४०० बढी रन बनाउने उनी एक्ला भारतीय  ब्याट्सम्यान हुन् ।

धवनले दक्षिण अफ्रिका र आयरल्याण्डविरुद्ध शानदार शतक हाने । उनले आठ खेलमा ५१.५ को औसतमा ४१२ रन बनाएका छन् । उनले यो विश्वकपमा नौ छक्का र ४८ चौका हानेका छन् ।

भारतका अर्का ओपनर रोहित शर्माको सुरुवात फिका रहृयो । तर, उनी पनि लयमा आए । आठ खेलमा ३३० रन बनाएका उनी भारतको तर्फबाट धेरै रन बनाउनेमा दोस्रो स्थानमा रहे । बंगलादेशविरुद्ध शतक बनाउन उनले यूएईविरुद्ध अर्धशतक बनाए ।

तेस्रो नम्बरमा विराट

Virat-Kohli hit century-in-World Cup

विश्वकवपमा भारतको पारीमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने विराट कोहली रन बनाउनेमा पनि तेस्रो नै बने । उनले सुरुवात शानदार थियो ।

उनले पहिलो खेलमा नै पाकिस्तानविरुद्ध १०७ रनको पारी खेलेका गिए । तर, त्यसपछिका खेलहरुमा उनी अपेक्षा अनुसार चल्न सकेनन् । आठ खेलमा उनले ५०.८३ को औसतमा ३०५ रन बनाएका छन् ।

रैना र धोनी

suresh_raina

क्वाटरफाइनलसम्म सुरेश रैना भारतीय टीमको संकटमोचक साबित भए । भारतीय टीम संकटमा पर्दा रैनाले आफ्नो ब्याटिङ क्षमता देखाएका छन् ।

उनले ८ खेलमा २८४ रन बनाए । जसमा एक शतक र दुई अर्धशतक छन् ।

अष्ट्रेलियाविरुद्धको खेलमा सबैभन्दा धेरै रन बनाउने कप्तान महेन्द्र सिंह धोनीको प्रदर्शन पनि राम्रै रहृयो । उनी छैठौं नम्बरमा ब्याटिङमा आए र ८ खेलमा ५९.२५ को औसतमा कुल २३७ रन बनाए ।

उमेश यादव र शामी अब्बल 

umesh-yadav

विश्वकपअघि भारतको कमजोर बलिङलाई लिएर निकै चिन्ता गरिएको थियो । तर, तीव्र गतिका बलर उमेश यादव र मोहम्मद शामीले आलोचकलाई राम्रै जवाफ दिए ।

यादव र शामीको रफ्तार र विकेट लिने क्षमता कुनै पनि टीमका लागि टाउको दुखाइ बन्यो । उमेश यादवले १८ विकेट लिए । उनले यो विश्वकपमा सबैभन्दा धेरै विकेट लिने भारतीय बलर समेत बनेका छन् ।

शामीले १७ विकेट लिए । उनीहरु दुबै विश्वकपको टप फाइनल बलरको सूचीमा छन् ।

मोहित र अश्विनको प्रभाव

भारतीय स्पिनर आर अश्विन र मोहित शर्मा पनि अष्ट्रेलियाको पिचमा आफ्नो प्रभाव छाड्न सफल भए । दुबैले आठ खेलमा १३-१३ विकेट लिए ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment