Comments Add Comment

कामरेड विप्लवलार्इ खुल्लापत्र

ध्रुवराज ओली

कमरेड क्रान्तिकारी रातो सलाम । म हजुरले नेतृत्व लिनुभएको पार्टीको जल्दोबल्दो कार्यकर्ता नभए पनि दरिलो शुभचिन्तक भने हुँ । अझ पर्सनल्ली भन्नुहुन्छ भने म त हजुरको डाइहार्ट फ्यान नै हु । हजुरले खुलामञ्चबाट हजारौं जनसमुदाय माझ नेपालको राष्ट्रिय राजनीतिमा धावा बोल्दा म पनि खुलामञ्चमै उपस्थित थिए । बडो जोसिलो, रोमान्चित एवम् भावुक मुद्रामा हजुरको भाषण सुन्ने सुनौलो अवसर पाएको थिएँ ।

Netra bikram chand Biplav at Khula Manch (1)

जोस्याउन र रोमान्चित बनाउन हजुरको भासन नै काफी थियो । हजुरको भाषणबाट जोस्सिएर, हौसिएर अनि उत्तेजित भएर पड्किएका कयन तालीहरुमा मेरा नि केही ताली सामेल थिए । भाषण सुनिरहँदा म बेलाबेला भावुक नि भइरहन्थ्ये । म भावुक यो मानेमा भउँ की मेरै छिमेकी जिल्ला रोल्पाको सामान्य परिवारमा हुर्केको यो मानिस आज खुल्लामन्चको प्रमुख वक्ता बन्यो । सारा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिको ध्यान केन्द्रित गर्यो… । इतिहासमै सायद पहिलोपल्ट होला, कुनै रोल्पाली खुलामञ्चको प्रमुख वक्ता बनेको । अनि सोचेँ कुनै रोल्पाली यस्तो हुन सक्छ भने सल्यानी किन नसक्ने ? थोरै ईख लिएँ अनि धेरै प्रेरणा लिएँ हजुरबाट ।

सन्जोग नै होला त्यही दिन हजुरले त्यो सभालार्इ सम्बोधन गर्नु केही घन्टा पहिला म नि कुनै कार्यक्रममा आफ्नो दरिलो प्रस्तुती दिएर आएको थिएँ । त्यो सन्जोगलाई मैले ठुलै रुपमा लिएँ र हजुरको ठाँउमा पुग्ने सुनौलो महत्त्वाकांक्षी सपना बुने र जानी नजानी हजुरको फ्यान बन्न पुगेँ । राजनीति मेरो प्यासन हो काम होइन । म धेरै राजनीति जान्दिन र बुझ्दिन पनि… । हजुरले ल्याउनु भएको एकीकृत क्रान्तिको सिद्धान्त मैले त्यति बुझेको छैन । नबुझेकै भरमा नि म हजुरले नेतृत्व लिनुभएँको पार्टीको शुभचिन्तक बनेँ ।

सिद्धान्त नबुझेरै पार्टीको शुभचिन्तक बने रे ? सुन्दा अचम्म लाग्ला जो कोहीलाइ पनि तर कमरेड मैले हजुरको पार्टीको सिद्धांत होइन हजुरको स्पिरीट हेरेको हुँ । अब बिप्लपले केही गरिहाल्छ कि भन्ने आम नेपाली झै मैले नि आशा देखेको छु तपाईंमा । कमरेड कतै आशा निराशामा त बदलिन्न भन्ने भय उत्पन्न हुँदैछ ममा । सायद आम नेपालीमा पनि त्यस्तै भय छ होला । आजकाल किन हजुर मौन ? राष्ट्रिय राजनीतिमा किन धावा बोल्नुहुन्न ? प्रचण्डले मुख खोल्न मानेनन्, वैद्यले खुट्टा कमाइ भन्दै हजुरले नयाँ पार्टी बनाउनु भो । अनि अर्थ्याउनुभो कि इतिहासले मागेपछि हामीजस्ता फुच्चे मान्छे आउनु पर्यो, जबाफ दिन । अब यिनी फुच्चे मान्छेले चाहिँ केही गर्लान् कि भन्ने सुनौलो आशा जगाउनु भो आम नेपालीमा ।

Dhrub-Raj-Oli
ध्रुवराज अोली

छिटफुट प्रशंम्सनिय कामहरु गर्नु भएको पनि छ । कालाबजारी र कृतिम अभाव सृजना गराउनेहरुको सातै खानु भयो, सार्वजनिक जग्गालाई आफ्नो नाममा बनाइ भोगचलन गरिरहेका देशकै दलालहरुका जग्गा कब्जा गरी सर्वसाधारणलाई बाँढेर हाइ हाइ र वा वा अनि स्याबासी पनि पाउनु भयो । यी कार्यलाई सलाम कमरेड मेरो । तर कमरेड देशको अवस्था अनुसार हजुरहरु दौडिन नसकेको हो कि त, कछुवा गतिमा रुहोइन हजुरको पार्टीले यस्ता कार्यलाई खरायो गतिमा दौडानु पर्यो । आम नेपाली जनताको यही चाहना छ हजुर र हजुरको पार्टीबाट । देशले संविधान सभाबाट संविधान पाउने नपाउने स्वयम प्रतिनिधित्व गर्ने दलहरु नै अन्योलमा छ्न् । ठुला भनाउँदा दलका नेताहरु एक अर्कालार्इ गाली गर्न र आरोप प्रत्यारोप गर्न मात्र लिन छन् । देश कहाँ छ ? जनता कहाँ छन् ? उनीहरुलार्इ मतलब छैन ।

लाखौ युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । दास बनिरहेको छन् । नेपाली दिदीबहिनीहरु अरबका बारहरुमा बेचिइरहेका छन्, ६ वर्षिया बालिका बलात्कारको सिकारपछि ज्यान जाँदा समेत अभियुक्तलाई कार्बाही हुन सकेको छैन, एसिड कान्ड नि त्यस्तै छ… । राष्ट्रियता, जनतन्त्र र जनजीबिका समस्याहरु अत्यन्त बिकराल बन्दै गएका थिए र छन् पनि । त कमरेड अन्तमा, अबको आशा हजुरमै छ । संसदवादीहरु र विपक्षिहरु बहुमत र अल्पमतको जुहारी गर्दै छ्न् । उनीहरुले त्यही गरुन, उनीहरुबाट कुनै आशा नै छैन । हजुरको क्रान्तिको मोडालिटी खरायो दौडाइमा र भ्यागुता उफ्राइमा लानु पर्छ । समयले मागे हामी जस्ता युवा तयार छौ साथ दिन तपार्इलार्इ । परी आए मर्न र मार्न नि पछि पर्ने छैनौ, देशका लागि, हाम्रा लागि, भावी पुस्ताको लागि । सुरुवात गर्नुस् कमरेड ।

तपाईको शुभचिन्तक

ध्रुवराज ओली (हाल बैङ्लोर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment